×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

इंग्ल्याण्डले जित्यो विश्वकपको उपाधि,बाउन्ड्रीमा चुक्यो न्युजिल्याण्ड

३० असार २०७६

एजेन्सी, असार ३०
न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ । आईतबार सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो ।

इंग्ल्यान्डका लागि सुपर ओभरमा जोफ्रा आर्चरले बलिङ गर्दा न्युजिल्यान्डका मार्टिन गुप्टिल र जेमी निशम ब्याटिङमा आएका थिए । आर्चरले पहिलो बलमा वाइड फ्याँके र लगत्तै निशमले २ रन जोडे । दोस्रो बलमा निशमले छक्का प्रहार गरे । तेस्रो बलमा निशमले २ रन जोडे । चौथो बलमा २ रन लिएका निशमले पाँचौ बलमा १ रन लिए । अन्तिम बलमा गुप्टिलले दोस्रो रन जोड्ने क्रममा रनआउट भएपछि इंग्ल्यान्डले समान स्कोर भएपनि पराजित गरेको हो ।

Advertisement
Advertisement

सुपर ओभरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गर्दा बेन स्टोक्सले पहिलो बलमा ३ रन लिए । दोस्रो बलमा जस बटलरले १ रन जोडे । तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे । चौथो बलमा १ रन लिएपछि बटलरले पाँचौ बलमा २ रन लिए । अन्तिम बलमा बटलरले चौका प्रहार गरेपछि न्युजिल्यान्डले जितका लागि १६ रनको लक्ष्य पाएको थियो ।

त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन जोड्यो ।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे । त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोडीपछि अन्तिम २ बलमा ३ रन आवश्यक परेको थियो । पाँचौ बलमा दोस्रो रन लिने क्रममा आदील रशिद रन आउट भए । इंग्ल्यान्डको लागि बेन स्टोक्स ९८ बलमा ५ चौका र २ छक्का सहित ८४ रनमा अविजित रहे ।

पाँचौ ओभरको छैटौं बलमा म्याट हेनरीले कट विहानइ्ड निकाल्दै विकेटकीपर टम लेथमबाट ओपनर जोसन रोयलाई १७ रनमा पेभिलिएन फर्काए । रोयले २० बलमा ३ चौका प्रहार गरे । १७ ओभरको तेस्रो बलमा कोलिन डी ग्राण्डहोमले जो रुटलाई ७ रनमा क्याच आउट गराए । २० ओभरको तेस्रो बलमा लोकी फर्गुसनले ओपनर जोनी बयरस्टोलाई ५५ बलमा ७ चौका सहित ३६ रनमा बोल्ड आउट गरे । २४ ओभरको पहिलो बलमा जेम्श निशमले उत्कृष्ट क्याच गर्दै कप्तान इओन मोर्गनलाई ९ रनमा पेभिलिएन फर्कापछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोक्सले १ सय १० रनको उत्कृष्ट साझेदारी गर्दै जितको आसा देखाएका थिए । यी दुईबीचको साझेदारी ४५ ओभरको पाँचौ बलमा लोकी फर्गुसनले बटलरलाई टिम साउदीबाट ५९ रनमा क्याच आउट गराउदै तोडे । बटलरले ६० बलमा ६ चौका प्रहार गरे । क्रिस वोक्स २ रनमा क्याच आउट भए ।लियाम प्लान्केटले १० रन जोडे ।

 

त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको पाँचौ बलमा लियाम प्लान्केटले बोल्ड आउट गर्नुअघि हेनरीले ७७ बलमा ४ चौका प्रहार गरे ।हेनरीले दोस्रो विकेटका लागि कप्तान केन विलियमसनसँग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कप्तान विलियमसनलाई २३ ओभरको चौथो बलमा प्यान्केटलेनै विकेटकीपर जस बटलरबाट ५३ बलमा २ चौका सहित ३० रनमा क्याच आउट गराए ।

न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिललाई १९ रनमा गुमाएको थियो । सातौ ओभरको दोस्रो बलमा क्रिस वोक्सले एलवी डब्लू आउट गर्नु अघि गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क उडले अनुभवी ब्याट्सम्यान रोश टेलरलाई १५ रनमा एलबी डब्लू आउट गराए । ३९ औं ओभरको अन्तिम बलमा ठूलो सर्ट खेल्ने धुनमा जेम्श निशम जो रुटबाट १९ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको विशाल योगफलको संभावना सकिएको थियो ।

Advertisement

तल्लोक्रममा विकेटकीपर टम लेथमले ५६ बलमा २ चौका र १ छक्का सहित ४७ रन जोडेपछि न्युजिल्यान्ड प्रतिस्पर्धात्मक योगफल सम्म पुगेकोे हो । त्यस्तै कोलिन डी ग्राण्डहोमले १६ रनमा क्याच आउट भए । मिचेल सान्टनारले ५ रन जोडे । इंग्ल्यान्डका लागि लियाम प्लान्केटले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चर र मार्क उडले समान १–१ विकेट लिए ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top