१ अर्ब १५ करोड चुक्ता पूँजी भएको सरकारी कम्पनी खुल्दै, नाम टुङ्गिन बाँकी

२९ असार ७६, सोमबार

३० असार, काठमाडौँ ।

सरकारले १ अर्ब १५ करोड ९८ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहने गरी नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढाएको छ । उक्त कम्पनीको जारी पूँजी ३० अर्ब रुपैयाँ रहने छ । नयाँ कम्पनीका लागि छिट्टै तदर्थ समिति गठन हुँदैछ । समितिमा उद्योग, कृषि, अर्थ, गृह मन्त्रालयका प्रतिनिधिहरु रहने छन् ।

चालु आवको बजेटमा सरकारले खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनीका रूपमा पुनर्संरचना गरी नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व गाभ्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नै नयाँ कम्पनी खोल्ने प्रक्रिया अघि बढेको हो ।

Advertisement

कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार नयाँ बन्ने कम्पनीको नाम खाद्य आपूर्ति लिमिटेड प्रस्ताव गरिए पनि दर्ता भइसकेको छैन । उद्योग मन्त्रालयकी सहसचिव उर्मिला केसीले नयाँ बन्ने कम्पनीको कार्यविधि, प्रबन्धपत्र, नियमावली बनिसकेको बताइन् ।

सरकारी स्वामित्वको खाद्य संस्थानलाई आपूर्ति कम्पनीका रूपमा पुनसंरचना गर्न लागिएको हो । खाद्य संस्थानलाई कम्पनी ऐनअन्तर्गत रूपान्तरण गरी खारेजमा परेको नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति र दायित्व यसमा गाभिने जनाइएको छ ।

Advertisement

यो कम्पनीमार्फत राज्यले तोकेको समर्थन मूल्यमा खाद्य वस्तुको खरिद, सुलभ रूपमा आपूर्ति, ढुवानी, बिक्री, भण्डारण, अस्वाभाविक बजार मूल्यलाई स्थिरिकरण गर्ने, आयात निर्यात लगायत काम गर्ने बताइएकाे छ ।

आपूर्ति कम्पनीको सातवटै प्रदेशमा कार्यालय राख्ने गरी संगठन संरचना तयार पारिएको छ । उपत्यकामा छुट्टै संरचना हुनेछ । गोदाम निर्माण, मिल निर्माण, विभिन्न मुलुकबाट प्राप्त हुने अनुदान र सहयोगबापतको वस्तु स्वीकार गर्ने, चल अचल सम्पत्ति आर्जन गर्न सक्नेलगायत अधिकार यसलाई दिइने उद्योग मन्त्रालय श्रोतले जनाएको छ ।

नयाँ कम्पनी बनेपछि नेपाल खाद्य संस्थान स्वतः निश्क्रिय हुने उद्योग मन्त्रालयकी सहसचिव केसीले बताइन् ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top