प्रदेश १ का २ लाख युवाका लागि ‘म अघि बढ्छु’ कार्यक्रमको सुभारम्भ

३१ असार,विराटनगर ।
प्रदेश नम्बर १ मा म अघि बढ्छु कार्यक्रमको सुभारम्भ भएको छ । प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विद्यार्थीहरुलाई म अघि बढ्छु कार्यक्रमको लोगो लगाएदिएर कार्यक्रम सुभारम्भ गरेका हुन्।

युवालाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान बनाउने उद्देश्यले प्रदेश १ सरकारले ’म अघि बढ्छु’ कार्यक्रम शुभारम्भ गरेको छ । विसंगती, विकृतिका विरुद्धमा समाजलाई सही दिशा निर्देश गर्न कार्यक्रम अगाडि बढाइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार प्रदेशभरीका २ हजार विद्यालमा सगरमाथा टिन्स क्लब गठन गर्ने उद्देश्यले म अघि बढ्छु कार्यक्रमको सुरुवात गरेको हो । किशोर–किशोरी देशका कर्णधार, यिनीहरूको सक्षमता नै समुन्नतिको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले कार्यक्रमबाट प्रदेश १ का करिब २ हजार विद्यालयका २ लाख विद्यार्थी लाभान्वित हुने दाबी गरे । उनले कार्यक्रमले किशोर किशोरीलाई कुलत र दुब्र्यसनमुक्त बनाई सकारात्मक र सिर्जनशील बनाउने, असल व्यवहार सिकाउने बताए । प्रदेश सरकारले हालसम्म सामुदायिक तथा संस्थागत गरी १४० भन्दा बढी विद्यालयमा क्लब गठन गरिसकेको छ ।

Advertisement

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरे, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो लगायतले कार्यक्रमले किशोरकिशोरीलाई मात्र नभएर समग्र समाजलाई नै सकारात्मक दिशामा डो¥याउन सफल हुने बताए । मन्त्रालयले चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top