राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामिण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण

३१ असार ७६, बुधबार

१ साउन, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको ‘ग्रामिण स्वावलम्बन कोष’ निजी क्षेत्रलाई हस्तान्तरण गर्ने गरेको छ । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले सो कोष साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको हो ।

Advertisement

३० वर्षदेखि नेपाल राष्ट्र बैंकले संचालन गर्दै आएको सो कोषलाई अझै प्रभावकारी ढंगले संचालन गर्न साना किसान विकास लघुवित्त संस्थालाई हस्तान्तरण गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले नेपाल राष्ट्र बैंकले विश्वास गरेर हस्तान्तरण गरेको सो कोषको परिचालन गरी मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा सघाउ पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

२०४७ साल फागुन १७ गते मन्त्रीपरिषद बैठकको निर्णयबाट स्थापना गरिएको सो कोषमा करिव १ अर्व पूँजी रहेको पनि गभर्नर नेपालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top