निर्मला हत्याकाण्ड : पत्रकार खेम भण्डारीलाई १ रुपैयाँ जरिवाना, १ घण्टा जेल !

धनगढी : कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा सामाजिक सञ्जालमा अदालतको मानहानी हुने सामग्री लेखेको भन्दै जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई तीन दिने शर्तसहित एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजायको फैसला सुनाएको छ। जिल्ला बार इकाइले २०७५ चैत ४ गते दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको एकल इजलाशले सोमबार ८४ पृष्ठ लामो फैसला सुनाएको हो।

Advertisement

जिल्ला अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार पत्रकार भण्डारीले तीन दिनभित्र तीन शर्त पूरा नगरेमा उनलाई एक रुपैयाँ जरिवाना र एक घण्टा जेल सजाय हुने छ। ‘अदालतको मानहानी हुनेगरी सामाजिक सञ्जालमा लेखिएका स्टाटस हटाउनुपर्ने, कानुन व्यवसायी र कानुन व्यवसायीका विरुद्ध अदालतमा आँच आउने कुरा पोष्ट गर्न नहुने र आफ्नै सामाजिक सञ्जाल र मिडियाबाट आगामी दिनमा नलेख्ने प्रतिवद्धता व्यक्त गर्ने शर्त पूरा गर्नुपर्नेछ,’ उनले भने,‘यि शर्त पूरा नगरेमा एक रुपैयाँ जरिवाना र एक घण्टा कैद सजाय भोग्नु पर्नेछ।’

अदालतको अवहेलना सम्बन्धमा न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार ‘तुच्छ सजाय’ सुनाइएको हो।, आजकाे नागरिक दैनिकमा खबर छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top