विराटनगरको बखरीका बाढीपीडित घर फर्किए

१ साउन ७६, बुधबार
Share this
743shares

१ साउन, विराटनगर ।

Advertisement

विराटनगर–१२ बखरीका बाढी पीडित सुकुम्बासी परिवार घर फर्किएका छन् । लगातारको बर्षापछि असार २६ गते आएको बाढी घरमा प्रवेश गरेपछि उनिहरु घर छाड्न बाध्य भएका थिए । बाढीको पानीबाट डूबान भएपछि उनिहरु स्थानिय बखरी आधारभुत विद्यालयमा राखिएको अस्थाई शिवीरमा बस्दै आएका थिए ।

बाढी पछि सो विद्यालयमा १ सय १७ सुकुम्बासी परिवारले शरण लिएका थिए । घरआँगनमा प्रवेश गरेको पानी सुकेपछि उनिहरु आफ्ना बस्तुभाउ र बालबच्चा सहित घर फर्किएका हुन् ।

Advertisement

घर फर्किन लागेका बाढी पीडितलाई स्थानिय वडा कार्यालयले म्याट वितरण गरेको छ । बाढीका कारण घरको भुँई चिस्सिएका कारण सुकुम्बासी परिवारलाई घरमा सुत्न समस्या हुने अवस्थालाई विचार गरेर प्रत्येक परिवारका दुई जना बराबर एउटा म्याट वितरण गरिएको विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामतले बताए ।

Advertisement

यसअघिनै अधिकांश परिवार घर फर्किसकेका कारण आज ३३ परिवारलाई म्याट वितरण गरिएको उनले जानकारी दिए । शिविरमा बस्दै आएका बाढीपीडित परिवारकालागि २६ गतेदेखिनै दुइ छाक खाना सहित नास्ताको ब्यवस्था गरिएको उनले बताए ।

कुल ३८ सय घरधुरी रहेको विराटनगर १२ मा ७ सय घर बाढीबाट प्रभावित भएको वडा कार्यालयले जनाएको छ । त्यसमध्ये २ सघ बढी कच्ची घर भत्किएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top