विराटनगरमा कृषि उद्यम केन्द्र स्थापना

२ साउन, विराटनगर ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशस्तरीय कृषि उद्यम केन्द्र विराटनगरमा स्थापना भएको छ । प्रदेशस्तरीय केन्द्रको प्रदेश राजधानी विराटनगरमा आयोजित कार्यक्रममा बिहीबार महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् ।

नेपाल सरकारसँगको सहकार्यमा उद्योग वाणिज्य महासंघले विगत २८ वर्षदेखि कृषि उद्यम केन्द्र स्थापना गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । महासंघले प्रदेश–१ मा प्रदेशस्तरीय केन्द्र पहिलोपटक सञ्चालनमा ल्याएको हो । प्रदेश–१ बाट सुरु भएको उद्यम केन्द्र अन्य प्रदेशमा पनि विस्तार गरिने अध्यक्ष राणाले बताइन् ।

यसअघि नै प्रदेशस्तरीय महासंघ गठन भइसकेको छ । संघीयताको भावनाअनुसार उद्यम केन्द्रलाई पनि सातवटै प्रदेशमा स्थापना गर्ने योजना गरेको अध्यक्ष राणाको भनाइ छ । अध्यक्ष राणाका अनुसार आपूर्ति, उत्पादन, प्रशोधन, पारवहन तथा बजार व्यवस्थापनलगायत उद्यम केन्द्रको कार्यक्षेत्रभित्र पर्दछन् । प्रदेशमा स्थापना भएको कृषि उद्यम केन्द्रको गतिविधिहरू निर्वाध रुपमा बढ्नेमा आफू आशावादी रहेको राणाले बताइन् ।

अध्यक्ष राणाले सरकारले ल्याएको कर नीति तथा भेहिकल एण्ड कन्साइनमेन्ट टे«किङ सिस्टमका विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको बताइन् । कर नीतिका विषयमा सरकारबाट सकारात्मक आश्वासन आएकाले केही दिनभित्रै समस्या समाधान हुने उनको दाबी थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधानले प्रदेश–१ कृषिका लागि उर्बर भूमि रहेको चर्चा गर्दै उद्यम केन्द्रले कृषिको विकासमा काम गर्नुपर्नेमा जोड दिए । प्रधानले केन्द्रको स्थापनाले प्रदेश–१ का उद्योगी, व्यवसायी, कृषकलाई सहयोग पुग्ने विचार व्यक्त गरे । त्यस्तै महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्रकुमार खडकाले कृषि क्षेत्रमा व्यावसायिक उत्पादन, प्रशोधन, बजारीकरणका माध्यमबाट रोजगार, स्वरोजगारको संख्या वृद्धि गर्ने बताए ।

प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ गत माघ २९ गते मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आड्बो र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाबीच समझदारीपत्रमा हस्ताक्षरको थियो । त्यही समझदारीअनुसार प्रदेश–१ मा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले कृषि उद्यम केन्द्रको स्थापना गरिएको हो । कृषि उद्यम केन्द्रको सभापतिमा नरेन्द्रकुमार खडका र सदस्यमा राजेन्द्र राउत र लिलम बस्नेत रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top