मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूह देशकै सर्वोत्कृष्ट

३ साउन, विराटनगर ।
मोरङको पथरीशनिश्चरेस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूह देशभरिकै सर्वोत्कृष्ट बन समूहको रुपमा पुरस्कृत भएको छ । देशभरिका २२ हजार बन समूहमध्येबाट उत्कृष्ट हुन सफल सो वन समूहलाई १ लाख राशीसहितको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

Advertisement

पुरस्कृत वन समूहले शुक्रबार पथरीशनिश्चरे–२ स्थित कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सो बिषयमा जानकारी गराएको छ । पत्रकार सम्मेलनमा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले असार ३१ गते काठमाण्डौमा आयोजित कार्यक्रमकाबीच वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आफ्नो समूहलाई सर्वोत्कृष्ट बन समूहकोरुपमा पुरस्कृत गरिएको जानकारी दिए ।

Advertisement

पथरी सब डिभिजन वन कार्यालयका इन्चार्ज मोहम्मद अलाउद्धीनले बैज्ञानिक वन ब्यवस्थापनसहित सामाजिक विकास र गरिबी निवारण लगायतका सबै सुचाकांकहरुमा हरियाली सामुदायिक वन अब्बल देखिएपछि उत्कृष्ट वनको रुपमा पुरस्कृत भएको जानकारी दिए । सो वन समूहमा पथरीशनिश्चरे नगरपालिकाका वडा नम्बर २,३ र ७ नम्बर वडाका १ हजार २८ घरधुरी उपभोक्ता सदस्यहरु छन । २०७१ साल पुष ९ गते समुदायमा हस्तान्तरित सो वनको २४५.९४ हेक्टर क्षेत्रफल रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top