मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ, १० जनाको उद्धार

३ साउन, विराटनगर ।
विभिन्न प्रलोभनमा पारी भारत लान लागिएको मोरङको उर्लाबारीका १० जनाको उद्धारका साथै बेचबिखनमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको छ । उर्लाबारी नगरपालिका–४ बस्ने ८ जना पुरुष र २ जना महिलालाई जागिरमा लगाईदिने प्रलोभनमा पारी भारतको कश्मिर लान खोज्ने उर्लाबारी– ४ का पुड्का उराव, उनकी श्रीमती फुलकुमारी उराव र सुनसरी हरिनगराका अफिज अन्सारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उराव दम्पत्तीले पिडितहरुलाई अलग अलग भेटी भारतको कश्मिरमा राम्रो काममा लगाई दिन्छौँ, मासिक तलब भा.रु.१७,०००।– हुन्छ, ओभर टाईमको छुट्टै पारिश्रमिक हुन्छ भन्दै प्रलोभनमा पारेका थिए । उनीहरुले अफिज अन्सारीको भारतको कश्मिरको ठेकेदारसंग सम्पर्क छ भन्दै विश्वासमा पारेर उर्लाबारीमा भेला जम्मा गराई कसैले सोधे सुनसरी हिँडेको भन्नु, कसैलाई सम्पर्क नगर्नु भनी आफिजको घरमा साँझ चार बजे पर्याएको पिडितले बयान दिएृको प्रहरीले जनाएको छ ।

उनीहरुले साँझ परेपछी भारतको जोगबनीबाट रेल चढेर जानुपर्छ भनेर कुरा गर्न थालेपछि शंका लागेर बुझ्दा रोजगारको प्रलोभन देखाई कश्मिरमा लगी भारतीय दलालहरुलाई बेची श्रम शोषण गर्ने उदेश्यले भारत लान लागेको र उराव दम्पतीले अफिज अन्सारीसँग त्यहां पुर्याए बापत रकम लिई फर्कन लागेको थाहा पाएर पिडितले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

प्रहरी समक्ष जानकारी गराएपछी मोरङ प्रहरी र स्थानीय प्रहरी समेत परिचालन गरी पुड्का उराव, उनकी श्रीमती फुलकुमारी उराव र अफिज अन्सारीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारी समतेको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको छ भने १० जना ब्यक्तीहरुको उद्धार गरी आफन्तलाई जिम्मा बुझाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top