प्रहरी नायव निरीक्षक टिकाराम सुनुवार असार महिनाको सर्वोत्कृष्ट प्रहरी

४ साउन ७६, शनिबार
Share this
765shares

४ साउन, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायब निरीक्षक टिकाराम सुनुवार १ नम्बर प्रदेशको असार महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पोलिस अफ द मन्थ) घोषित भएका छन् । मूल्य–मान्यता,आदेश–निर्देशनको पालना गरी उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

Advertisement

संखुवासभामा रही उनले संगठित अपराध, हातहतियार तथा खरखजाना,बिष्फोटक पदार्थजस्ता जघन्य प्रकृतिका अपराधहरुको गहन विश्लेषण, सफल अनुसन्धान, साहसकासाथ अपराधिक गतिबिधिमा संलग्न अभियुक्त एवं ठूलो परिमाणमा आधुनिक हातहतियार समेत पक्राउ गरी कानुनी दायरामा ल्याई आम नागरिकहरु समक्ष सुरक्षाको अनुभूती दिलाएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश प्रहरी कार्यालयले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

Advertisement

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top