भिसीटिएसको विरुद्धमा विराटनगरमा मोटरसाइकल ¥याली

५ साउन ७६, आइतबार

५ असार,विराटनगर । सरकारले आवश्यक पूर्वाधारको विकास नगरी मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भिसीटिएस लागू गरेको विरुद्धमा विराटनगरका उद्योगी, व्यापारीहरुले आइतबार विराटनगरमा मोटरसाइकल ¥याली निकालेका छन् ।

Advertisement

विराट व्यापार संघको नेतृत्वमा कलेज रोडबाट निस्केको मोटरसाइकल ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागीहरुले पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी, व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसीटिएस प्रणाली लागू गरेको भन्दै खारेजीको माग गरेका थिए । ढुवानीमा लगाइएको १३ प्रतिशत भ्याटले मूल्य एक्कासी वृद्धि हुने भएकाले उक्त प्रावधान तत्काल खारेज गर्न उनीहरुले माग गरेका छन् । उद्योगी व्यापारीहरुले व्यापारिक एकता आजको आवश्यकता, अव्यवहारिक नयाँ कर नीति खारेज गर, ढुवानीमा लगाइएको भ्याट खारेज गर, कामदारमाथिको अव्यवहारीक प्यान नम्बर खारेज गर लगायतको नारा लगाउदै नगरका विभिन्न भागको परिक्रमा गरेका थिए ।

Advertisement

यस्तै व्यापारीहरुले अवैज्ञानिक कर नीतिको विरुद्धमा भोलि १२ बजेसम्म विराटनगरका सम्पूर्ण व्यापार , व्यवसाय बन्द गरेर विरोध गर्ने विराट व्यापार संघका अध्यक्ष सुजन थापाले बताए । यसभन्दा अगाडि पनि उनीहरुले प्रशासनमार्फत सरकारलाई ज्ञापनपत्र पठाइसकेका छन् । यस्तै धर्ना, अन्तरक्रिया लगायतका कार्यक्रम गर्दे आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top