त्रिवि शिक्षण अस्पतालमा महिनामा एकपटक कलेजो प्रत्यारोपण गरिने

५ साउन ७६, सोमबार

६ साउन, काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महिनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा पहिलो र यही साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण कार्य सम्पन्न भएको थियो ।

‘कलेजो उपचार तथा प्रत्योपणका लागि विदेश जाने बाध्यतालाई अन्त्य गर्ने लक्ष्य रहेको छ’, अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्काले भने । अस्पतालको ३७ औँ तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको ४७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मिर्गौला प्रत्यारोपणकार्य सफलतापूर्वक अगाडि बढिरहेको जानकारी दिए ।

Advertisement

विसं २०४० मा आजकै दिनदेखि ३०१ श्ययाबाट सेवा शुरु गरेको अस्पताल हाल ७०० मा विस्तार भएको छ । गत वर्ष अस्पतालको बहिरङ्ग सेवातर्फ पाँच लाख २५ हजार ५११ र आकस्मिकतर्फ ५० हजार ३६९ ले सेवा लिएका थिए ।

अस्पतालले अनिवार्य आफ्नै ‘फार्मेसी’ सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेपछि गतवर्ष रु १९ करोड ७६ लाख बराबरको औषधि बिक्री वितरण भएको थियो । कार्यकारी निर्देशक प्राडा खड्काले चालू आवमा अस्पताललाई रु ६८ लाख ८९ हजार ३५५ घाटा हुने जानकारी दिए ।

Advertisement

पछिल्लो समय अस्पताल एमआरआई, एनेस्थेसिया, अर्थोपेडिक वार्ड स्तरोन्नति, शल्यक्रिया कक्ष विस्तार, अक्सिजन आपूर्तिमा आत्मनिर्भर बनेको छ । कार्यक्रममा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्राडा जगदीशप्रसाद अग्रवालले संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रममा १५०, स्नातकोत्तर तहमा एक सय तथा विद्यावारिधि तहमा २० विद्यार्थीले अध्ययन गरिरहेको जानकारी दिए ।

संस्थानको सम्बन्धनमा चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, किष्ट मेडिकल कलेज र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययन तथा अध्यापन हुने गर्दछ । ती कलेजले शैक्षिक सत्र २०७४÷७५ देखि क्लिनिकल, बेसिस साइन्स तथा नर्सिङ विषयमा स्नातकोत्तर तहका कार्यक्रम समेत सञ्चालनमा ल्याएका छन् ।

संस्थानले काठमाडौं बाहिर वीरगञ्ज, नेपालगञ्ज, पोखरा र विराटनगर नर्सिङ क्याम्पसमा एकसय श्ययाको अस्पताल निर्माण गर्न लागेको जनाएको छ । कार्यक्रममा त्रिविविका उपकुलपति प्राडा तीर्थ खनियाले आफू पदबाट सुरक्षित बहिर्गमनका खोजीमा रहेको रहेको बताए ।

उनले भने, ‘मेरो पदावधि अब एक महीना बाँकी छ, कसरी सुरक्षित बहिर्गमन हुन्छ, त्यसैको खोजीमा रहेको छु ।’ चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा चिकित्सा अध्ययन संस्थान दक्षिण एशियामा उत्कृष्ट रहेको चर्चा गर्दै उपकुलपति प्राडा खनियाले आगामी दिनमा यो साखमा थप गुणस्तर कायम गर्न आग्रह गरे । रजिष्ट्रार डिल्लीराम उप्रेतीले संस्थानको क्षमता विस्तार गर्न आवश्यक नीतिगत तथा आर्थिक सहयोग गर्ने जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top