×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

आजसम्ममा रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन, अहिलेसम्म ४७ पद रिक्त

९ श्रावण २०७६

९ साउन, काठमाडौँ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानीय तहले रिक्त जनप्रतिनिधिको विवरण नपठाएपछि पुनः बिहीबारसम्ममा विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको हो ।

Advertisement
Advertisement

निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि मन्त्रालयले स्थानीय तहलाई विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका सङ्घीय मामिला शाखाका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले नगरपालिकाका प्रमुख/उपप्रमुख गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्षसम्मको रिक्त विवरण पठाउने निर्देशन दिएको हो । मन्त्रालयले रिक्त पद, कहिलेदेखि रिक्त र रिक्त हुनुको कारणसहितको विवरण पठाउन भनिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ (२) बमोजिम जिल्ला समन्वय समितिको प्रमुख÷उपप्रमुख, नगरपालिकाको प्रमुख÷उपप्रमुख र गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिको लागि आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पदको उपनिर्वाचनबाट परिपूर्ति गर्नुपर्ने व्यवस्था रहेकाले रिक्त विवरण माग गरिएको आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले यसै वर्षमा सङ्घ, प्रदेश र स्थानीय तहको रिक्त रहेको पदको उपनिर्वाचन गर्ने तयारी गरेको छ । रिक्त वडासदस्यको विवरण पठाए पनि उपनिर्वाचन भने हुने छैन । रिक्त पदको आयोगले उपनिर्वाचन गर्ने तयारी गरिरहेको हुँदा रिक्त पद र निर्वाचनको बेला उम्मेदवारी नै नपरी रिक्त रहेको पदको विवरण माग गरेको उनले बताए । मन्त्रालयले यसअघि २०७५ साउन १३ गते पनि जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहसँग रिक्त विवरण माग गरेको थियो तर विवरण नपठाएपछि पुनः माग गरिएको हो ।

मन्त्रालयका शाखा अधिकृत जोशीले ४० वटा जिल्लाका स्थानीय तहले विवरण पठाइसकेको जानकारी गराए । ‘आएका विवरणलाई हामीले अद्यावधिक गर्दछौँ’, उनले भने, ‘आइतबारसम्ममा सबै विवरणलाई आयोगमा पठाउने छौँ ।’ आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव अर्यालले उपनिर्वाचनको तयारी गरिरहेको बताए ।

‘हामी उपनिर्वाचनको लागि मतदाता नामावली दर्तादेखि उपनिर्वाचन निर्देशिका बनाइरहेका छौं’, उनले भने, ‘उपनिर्वाचनको मिति तोकेलगत्तै निर्वाचन गर्ने गरी काम गरिरहेका छौँ ।’ उनका अनुसार आयोगमा अहिलेसम्म ४७ पद रिक्त रहेको जानकारी प्राप्त भएको छ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं १, प्रदेश सभासदस्यतर्फ भक्तपुर, दाङ र बागलुङ रहेको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

प्रदेशतर्फ भक्तपुरबाट निर्वाचित हरिशरण लामिछाने, बागलुङबाट टेकबहादुर घर्ती र दाङका उत्तरकुमार वलीको निधन भएको थियो । यसैगरी धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बाको पनि निधन भएपछि पद रिक्त रहेको छ ।

Advertisement

आयोगका अनुसार चार गाउँपालिकाका अध्यक्षसहित ३८ वडाध्यक्षका पद विभिन्न कारणले रिक्त रहेका छन् । आयोगका उपसचिव अर्यालले रिक्त जनप्रतिनिधिको एकै पटक वा छुट्टाछुट्टै समयमा उपनिर्वाचन गर्नेबारेमा भने सरकारसँग छलफल गरिने जानकारी गराए ।–शरद शर्मा /रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top