‘साइनो’ को गीत ‘क्या बात छ’ सार्वजनिक, निताको आइटम डान्स(भिडियो)

८ साउन ७६, बिहीबार

९ साउन, काठमाडौँ ।
निता ढुङ्गाना अभिनीत चलचित्र ‘साइनो’ को गीत ‘क्या बात छ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा निता ढुंगनाले आइटम डान्स गरेकी छिन् । गीतमा मिना निरौलाको स्वर, यमन सुवेदीको शब्द र किरण भुसालको सङ्गीत रहेको छ ।

त्रिकोणात्मक प्रेमकथा आधारित चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । साउन २४ गते देखि प्रदर्शनमा आउने सो चलचित्रमा निता ढुङ्गानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

‘साइनो’को कथा अभिमन्यु ‘निरवी’ले लेखेका हुन् भने रामेश्वर कार्कीले छायाङ्कन र बनिष शाहले सम्पादन गरेका छन् । ‘साइनो’ नेपालकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेकी हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top