सुरक्षित गर्भपतनले घट्दै छ स्वास्थ्य समस्या

१८ माघ ७४, शुक्रबार

झापा, माघ १९
सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ । स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थालेको हो ।

असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको मृत्यु समेत हुने गरेकाले यस्को नियन्त्रणका लागि सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा दिन थालेको कार्यालयका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताए ।

Advertisement

चालु आर्थिक वर्षको साउनयता जिल्लाका एक हजार ५२१ जनाले सुरक्षित गर्भपतन गराएको उक्त कार्यालयका तथ्यांक सहायक तोयानाथ दाहालले जानकारी दिए । जसमध्ये ११३ महिलामा स्वास्थ्य समस्या देखिएकामा समाधान गरिएको दाहालले बताए ।

आव ०७१÷७२ मा तीन हजार ४३२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । उनीहरुमध्ये ६७२ जनामा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि आव ०७२÷७३ मा चार हजार २०७ जनाले सुरक्षित गर्भपन गराएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८२५ ले बढी हो ।

Advertisement

त्यस्तै, आव ०७३÷७४ मा पाँच हजार २१४ ले गर्भपतन सेवा लिएकामा ४०४ जनामा स्वास्थ्य समस्या देखिएको थियो ।

‘आठ हप्तासम्मको गर्भपतन गराउनसक्ने गरी निःशुल्क सेवा दिँदै आइएको छ’, कोइरालाले भने, “अहिले लुकीचोरी गर्भपतन गराउनुपर्ने अवस्था छैन, जसले गर्दा गर्भपतन गराउँदा हुनसक्ने सम्भावित जोखिमबाट समेत बच्न सकिन्छ ।” झापामा १२ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा प्रदान गरिँदै आएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top