Nepal Times
Nepal Times
3
Shares

‘पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स’ फागुन ७ गतेदेखी हुने

‘पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स’ फागुन ७ गतेदेखी हुने

किशोर विश्वकर्मा
विराटनगर, माघ १९
आगामि फागुन ७ गतेदेखी पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स हुने भएको छ । एड होमको आयोजनामा २०७१ साल देखी सुरु भएको पूर्वाञ्चल कलेज प्रिन्सेसको चौथो संस्करण र २०७३ सालदेखी सुरु भएको पूर्वाञ्चल कलेज प्रिन्सको दोस्रो संस्करणको पहिलो छनौट चरण आगामि फागुन ७ गतेदेखी विराटनगरबाट सुरु गरिने विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

उक्त पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको दोस्रो छनौट चरण फागुनकै दोस्रो साता गरिने पत्रकार सम्मेलनमा कोरियोग्राफर साजिद आलमले जानकारी दिए ।

उनले छनौट चरणबाट छनौट गरिएका २०/२० जनालाई २२/२२ दिनसम्म विभिन्न किसिमका तालिम, गोष्ठि तथा सामाजिक कृयाकलापमा सहभागिता गराइने जानकारी दिए ।

आलमले विराटनगर वाहिरका प्रतियोगिहरुलाई मध्यनजर गर्दै छनौट कार्यक्रम पूर्वका इटहरी, धरान र दमकमा पनि आयोजना गरिने बताए ।

प्रतियोगिताका विजेता पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सलाई समान ५/५ लाखको जिवन विमा गरिनुका साथै नगद २१ हजार रुपैयाँ तथा आकर्षक अन्य पुरस्कारहरु समेत वितरण गरिने र सानिमा लाईफ इन्सुरेन्स कम्पनिको ब्राण्ड एम्बेडसर बनाइने आयोजक संस्थाका निर्देशक गम्भिर भगतले जानकारी दिए ।

उक्त प्रतियोगिताको कोरियोग्राफि साजिद आलमले गर्नेछन भने उपेक्षा थापा संयोजक रहेकी छन् । प्रतियोगिता अवधिभर अफिसियल फोटोग्राफि विराटनगरका युवाहरु द्धारा सञ्चालीत ‘सटर अफ’ ले गर्ने आयोजक संस्थाका प्रवन्ध निर्देशक विपिन श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.