“लास्ट थर्सडे” को सन्देश : उद्यमशील बन्न दिमाग चलाउनुस्

१० साउन ७६, शुक्रबार

१० साउन, विराटनगर ।
बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रम सम्पन्न भएको छ । होटेल नमस्कार, नेपलिज योग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजद्वारा संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा सफल पार्टनर्सका व्यवस्थापक निर्देशक आशुतोष तिवारीले अतिथि वक्ताको रूपमा बिराटनगरका युवाहरूसँग अन्तरक्रिया गरेका थिए ।

Advertisement

अन्तरक्रियामा तिवारीले आफू कुनै व्यवसायी घरानाबाट नभएको कारण विभिन्न संघ संस्थामा देश विदेशका मानिसहरूसँग जागिर खान पाएको अनुभव र सिकाइको कारण आफू हालको अवस्थामा आइपुग्न सफल भएको बताए । हिमाल मिडिया र सेर्पा एडभेन्चर गियर नेपालमा प्रमुख कार्यकारी निर्देशकको रूपमा तथा वाटर एड नामक संस्थामा कन्ट्रिरेप्रीजेंटेटिभको रूपमा कार्य गरिसकेका तिवारीले उद्यमशील हुनको निम्ति सृजनशील दिमाग र कल्पनाशक्तिले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

Advertisement

उनले हाल नेपालको शिक्षाले जाँचमा पास गराउन र असल विद्यार्थी बनाउन सहयोग गरे पनि, संसार हाँक्न सक्ने उद्यमी उत्पादन गर्ने कुरामा कमै सहयोग पुर्याउने विचार व्यक्त गरे । विभिन्न विधामा सफल हुनको निम्ति किताबी ज्ञानसँगै काल्पनिक क्षमताको पनि त्यति नै भूमिका रहने तथा उद्यमी हुन कल्पना गर्न सक्ने, जिज्ञासु र प्रश्न गर्ने गुण आवश्यक हुने कुरामा उनले जोड दिए । उनले नेपालमा व्यवसाय नफस्टाउनुको कारणहरुमा काल्पनिक शक्तिको अभाव, धर्यताको कमी, परामर्शको खाँचो, लगानीकर्ताको हिचकिचाहट तथा राज्यको अस्पस्ट नीति मुख्य कारक रहेको बताए ।

होटेल नमस्कारको प्राङ्गणमा भएको कार्यक्रमको सहजीकरण विकल्प एन्ड अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले गरेका थिए । कार्यक्रममा तिवारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top