‘दि भ्वाइस’को प्रचारप्रसार सुरु, कोचको कुर्सीमा रमाए दर्शक

‘दि भ्वाइस’को प्रचारप्रसार सुरु, कोचको कुर्सीमा रमाए दर्शक

११ साउन, काठमाडौँ ।
नेपालको चर्चित गायन रियालिटी सो ‘दि भ्वाइस’को दोस्रो संस्करण नजिकिँदै जाँदा निर्माण पक्षले यसको प्रचारप्रसारको थालनी गरेको छ ।पहिलो संकरणमा नै लोकप्रियता हासिल गरेको यो शो साउन तेस्रो साताबाट प्रसारण हुने तयारी भइरहेको छ ।

यसपटक पनि यो शो मा यस पटक उत्साहजनक सभागिता रहेको बताइएको छ । दर्शकको सहभागिता र कौतूहललाई बढाउँदै द भ्वाईसले काठमाण्डौका विभिन्न मलमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार सुरु भएको छ । ‘दि भ्वाइस’को ब्लाइन्ड अडिसनमा कोचले प्रयोग गर्ने कुर्चीमा बसेर दर्शकले अनुभव लिने अवसर पाए ।

ब्लाइन्ड अडिसनमा यति कोचले सहभागी को प्रस्तुति मन पराएको खण्डमा उक्त कुर्सी घुमाएर आफ्नो टिममा स्वागत गर्छन् सोही अनुसारअण गर्दै काठमाण्डौको सिटी सेन्टरमा दर्शकले यो अवसर अनुभव गरेका हुन् । दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै यस कार्यक्रम आयोजना गरिएको हो । यो शोलाई एएनसी इभेन्ट म्यानेजमेन्टले नेपाल भित्राएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.