विदा भए मोरङ खेलकुदमा अध्यक्ष र कोषाध्यक्ष

१२ साउन ७६, सोमबार

१२ साउन, विराटनर ।

जिल्ला खेलकुद विकास समिति मोरङले कार्यकाल सकिएका अध्यक्ष, कोषाध्यक्ष र एक सदस्यलाई सम्मानसहित विदाइ गरेको छ ।

बिराटनगरको सहिदमैदानस्थित कार्यकक्षमा आइतबार आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष किशोरलाल अमात्यसहित कोषाध्यक्ष सुजय गौतम र सदस्य भुवन खतिवडाको चारवर्षे कार्यकाल पूरा भएसंगै समितिले विदाइ गरेको हो । विदाइका क्रममा अमात्यले विगत ४ वर्षको कार्यकाल सन्तोषजनक रहेको बताए । भौतिक पूर्वाधार निर्माणदेखि सातौं राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको बताएका अमात्यले खेलकुदमा देखिएका विकृति र विसंगति न्यून गर्न सफल भएको दाबी गरे । अमात्यले खेलकुदमा काम गर्ने भन्दापनि कुरा काट्ने जमात ठूलो रहेको भन्दै त्यस घेराबाट बाहिर निस्कन सकेमात्र खेलकुदमा विकास हुने बताए । त्यसैगरि कोषाध्यक्ष पदबाट विदा भएका गौतमले खेलकुदमा सक्रिय रहेको बताउँदै पुनः फर्कनसक्ने संकेत गरे । अध्यक्ष अमात्यले कार्यकालमा समितिले भौतिक संरचना निर्माणमा विशेष जोड दिएको बताए ।

Advertisement

अमात्यको यस चारवर्षे कार्यकालमा सहिद मैदानलाई तत्कालिन उपमहानगरपालिकासंगको सहकार्यमा पुनः निर्माण गरिएको थियो । उपमहानगरपालिकाको १ करोड रुपैया आर्थिक सहयोगमा सहिद मैदानको घाँस, तारबारको घेरा, चेन्जिङ रुपको लागि ५० लाख रुपैया उपलब्ध गराएको थियो । त्यसैगरि, यसै कार्यकालमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना बिराटनगरमा भएको थियो । सो क्रममा समितिकै पहलमा बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा अवस्थित क्रिकेट मैदानका लागि १ करोड रुपैया, सुटिङ रेन्ज र हलका लागि ६० लाख रुपैया र सफ्ट टेनिस कोर्टका लागि ४० लाख रुपैयामा खर्चिएको थियो।

हाल सफ्ट टेनिस र सुटिङ हल प्रयोगविहीन अवस्थामा रहेको छ । यसैसमितिले गएको आर्थिक वर्षमा लक्ष्मीमार्ग खेलमैदान र पथरीस्थित खेलमैदानका लागि समान १० लाख रुपैया उपलब्ध गराएको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top