विराटनगर : मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने नक्कली औषधी बिक्रि गर्ने गिरोह पुर्वमा सक्रिय रहेको पाईएको छ । विराटनगर र झापामा नक्कली औषधीको कारोबार गर्ने गिरोह सक्रिय रहेको पार्ईएको हो ।
गएको आर्थिक वर्षमा मात्रै १५ जनालाई नेपालमा दताए नभएको औषधी पैठारी गरको र नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा मुद्दा दायर गरिएको औषधी व्यवस्था विभागले जनाएको छ । विभागले विराटनगरले उनीहरुलाई औषधी ऐन २०३५ अनुसार कारबाही गर्न जिल्ला अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।
सुनसरी धरान – ४ का जीवन अग्रवाल, विराटनगर– १ स्थित म्याक्स फार्मेसीका सञ्चालक दिपककुमार राय र सप्तरी घर भई विराटनगरमा महुली फार्मेसी सञ्चालन गर्ने प्रशान्तकुमार चौधरी, दादरबैरियाका पाण्डव राजवंशी, जिगारी फार्मेसीका नौसद आलम नक्कली औषधी बिक्री वितरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गत वर्षको साउन १३ गते मध्यरातमा विराटनगरका चर्चित अस्पतालहरुको परिसरमा सञ्चालन गरेको फार्मेसीमा प्रहरीले छापा मारेर नक्कली औषधी बिक्री वितरण गरको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
मानव स्वास्थ्यमा गम्भीर प्रभाव पार्नेगरी नक्कली औषधी बिक्री वितरण गर्ने गरको सुचनाको आधारमा विराटनगरका न्युरो, म्याक्स, विराट नर्सिङ होम र विराट मेडिकल कलेजभित्र सञ्चालित फार्मेसीले जीवन रक्षाका लागि प्रयोग गरिने औषधीको नक्कली लेबल र स्टीकर प्रयोग गरी विक्री गरको फेला पारेको थियो ।
त्यसपछि औषधी व्यवस्था विभागले थप अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला अदालत मोेरङमा मुद्दा दायर गरेको थियो । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।