खोटाङकी महिला भोजपुरमा मृत फेला

१३ साउन ७६, सोमबार

१३ साउन, खोटाङ ।
खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदि बस्ने ४९ बर्षीया भइमाया राई मृत अवस्थामा फेला परेकी छन् ।

Advertisement

साउन ८ गते घरबाट हिँडेर बेपत्ता भएकी राईको श्रीमान डम्बर गुरुङसहित स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १ बजे भोजपुर ट्याम्केमयुम गाउँपालिका–२ छिनामखुको धोत्रेकोपाटिडाँडामा उनको शब फेला परेको खोटाङ केपिलासगढी गाउँपालिका–१का वडासदस्य शिवराज राईले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top