×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

धान बेच्ने मोरङका किसान तौलमा ठगिए

१३ श्रावण २०७६

१३ साउन,विराटनगर ।
मोरङका किसानहरुले धान बेच्ने क्रममा तौल र मुल्यमा ठगिनुपरेको गुनासो गरेका छन् । धान बेच्ने क्रममा बिचौलियाले आफुहरुलाई अल्मल्याएर भएको परिमाण भन्दा कम तौल देखाएर ठग्ने गरेको उनिहरुले गुनासो गरेका छन् । रंगेली नगरपालिकाका किसानहरुको एक समूहले सोमबार विराटनगरस्थित नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरेर आफुहरु ठगिएको खुलासा गरेका छन् ।

रंगेली नगरपालिका ५ आमगाछीका किसान सुरेन्द्रकुमार मण्डलले किसानहरुबाट स्थानियस्तरमा धान खरीद गर्ने कांटावालाहरुले विभिन्न बहानामा अल्मल्याएर किसानहरुलाई ठग्ने गरेको दाबी गरे । उनले बेच्न ल्याइएका धान, कांटावालाहरुले तत्काल तौल नगर्ने र पछि मिलमा तौल गरिएको भनेर कम तौल देखाएर ठग्ने गरेको दाबी गरे ।

Advertisement
Advertisement

उनले आफुले २ बिघा १४ कट्ठामा फलाएको १३ हजार ५ सय ५५ केजी धान आफैले तौल गरेर स्थानीय कांटावाल नन्द लाल मण्डलकोमा पठाउदा उनले तत्काल तौल गर्न नमानेको र मिलमै गरिएको तौल अनुसार पैसा दिने भन्दै ठगि गरेको गुनासो गरे । उनले मिलमा तौल गरिएको भन्दै आफुले दिएको धान भन्दा ९ सय केजी कम देखाएर रकम भुक्तानी लिन बाध्य पारिएको दाबी गरे । आफुले १५ रुपैया ७५ पैसा प्रतिकिलोले धान बेचेको हुंदा ९ सय किलोको कम भुक्तानी दिंदा आफुले मात्र झण्डै १५ हजारको घाटा बेहोर्नु परेको उनले गुनासो गरे ।

Advertisement
Advertisement

आफुजस्तै सो क्षेत्रका अन्य कयौं किसान ठगिएको उनको भनाई थियो । रंगेली ५ कै किसान नवीनकुमार मण्डलले धान खरीदको सौदा गर्ने क्रममा समेत कांटावालहरुले किसानहरुलाई झुक्याउने गरेको बताए । धानको मुल्य बढेको बेला कांटावालहरुले सौदा गर्ने गरेपनि बिभिन्न बहाना बनाएर कबोल गरिएको भन्दा कम मुल्य दिने गरेको जानकारी दिए । रंगेली नगरपालिकाका भित्री क्षेत्रहरुमा खोलिएका धान संकलक कांटा पसलेहरुले बर्षौदेखि ठगी गर्दै आएपनि कार्वाही हुन नसकेको किसानहरुको भनाई थियो । उनीहरुले सम्बन्धित निकायले स्थालगत अनुगमन गरेर किसान ठग्ने ब्यापारीलाई कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top