Nepal Times
Nepal Times
3
Shares

विराटनगरको खारजीमा ग्रीनपार्क संचालनमा

विराटनगरको खारजीमा ग्रीनपार्क संचालनमा

१६ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ४ राजवंशी चोकमा हरियाली पार्क निर्माण गरी संचालनमा आएको छ ।

बिहीबार महानगरका मेयर भीम पराजुलीले पार्क उद्घाटन गरेका छन् । झण्डै २ कठ्ठा क्षेत्रफलमा बनाइएको पार्कमा दुई विश्रामस्थल छन् । पार्कमा विभिन्न प्रकारका वृक्ष हुर्काइएको छ ।

नमुनाका रुपमा विकास गर्ने उद्देश्यका साथ पार्क निर्माण भएपछि सुस्ताउने र घुम्नेहरुलाई निकै सहज हुने मेयर पराजुलीले बताए ।

महानगरले १९ वटै वडामा नमुना हरित पार्क निर्माण गर्ने योजनाका साथ काम अघि बढाएको उनले बताए । उनले सहरको सौन्दर्य बढाउन यस्ता खाले पार्कसहित उचित स्थानमा सार्वजनिक शौचालय पनि थप गर्दै लैजाने बताए ।

बनेका सम्पदाको संरक्षण महानगर एक्लैले गर्न नसक्ने भन्दै महानगर प्रमुख पराजुलीले महानगरवासी सबैले साथ सहयोग गर्नुपर्ने बताए । उनले हरेक पार्कहरुमा फ्री वाइफाइको व्यवस्था गरिने बताउँदै विभिन्न चोकहरुमा फ्री वाइफाइ जडान भइसकेको जानकारी दिए ।

कार्यक्रममा तोकिएको समयभन्दा अगावै पार्क निर्माण गर्ने कालिका कन्स्ट्रक्सनलाई सम्मान गरिएको थियो ।

सघन सहरी विकास कार्यक्रम डियू डिविसी विराटनगर परियोजना अन्तर्गत कालिका कन्स्ट्रक्सनले ७९ करोड ६१ लाख ५१ हजार ५ सय १४ रुपैयाँ लागतमा विराटनगरमा एक पार्कसहित १६ किलोमिटर सडक कालोपत्रे, ३२ किलोमिटर आरसीसी ड्रेन निर्माण, ४ सय ४० वटा सोलार जडानसहित विराटनगरका विभिन्न वडाहरुमा काम गरेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.