प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न सल्लाह

२० माघ ७४, आइतबार

विराटनगर, माघ २१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिए ।

पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा पनि उनले राखे ।

Advertisement

भारतका विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले दुवै छिमेकी मुलुकबीच यस्ता भ्रमण भइरहन्छ, यस विषयमा अनावश्यक रुपमा टीकाटिप्पणी गर्नु उचित हुँदैन भन्दै जुनसुुकै सरकार आए पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top