विराटनगर, माघ २१
विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ६ लेनको सडक विस्तार आयोजनाको काम फेरि बन्द भएको छ । इटहरी कार्यालयका इन्जिनियर सुमोद पोखरेलले व्यापारिक मार्ग विस्तार आयोजना बजेट अभावका कारणले निर्माण कम्पनीको बील भुक्तानी गर्न नसक्दा विस्तारको काम रोकिएको बताए ।
आयोजनाका अनुसार ४९ कि.मी. लामो सडकको १० अर्ब ९८ करोड रुपैयाँमा ठेक्का पाएको कम्पनीलाई साढे एक अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का स्वीकृति तथा श्रोत सुनिश्चितता नदिएकोले यो सडक ओझेलमा परेको छ ।