११ वर्षको सहयात्रापछि छुट्टिए दिया मिर्जा र साहिल सांघा

साउन १७, एजेन्सी । भारतीय अभिनेत्री दीया मिर्जाले विवाहको पाँच वर्षपछि श्रीमान् साहिल सांघासँग छुट्टिएको घोषणा गरेकी छिन् ।

दीया र साहिलले आपसी समझदारीमा छुट्टिने निर्णय गरेका हुन् । दीयाले सामाजिक सञ्जाल मार्फत् आफूहरु छुट्टिएको जानकारी दिएकी छिन् ।

दीयाले सामाजिक सञ्जालमा ११ वर्षको सुमधर सहयात्रापछि दुवैको आपसी समझदारीमा छुट्टिने निर्णय लिएको लेखेकी छन् । साथै उनीहरुले सदैव असल साथी हुने र एकअर्काप्रतिको माया र सम्मानको भावना सदैव रहनेर अब यात्राले दुवैलाई छुट्टाछुट्टै बाटोतर्फ लैजान सक्छ भन्दै जति पनि समय एकसाथ बिताए त्यसका लागि आभारी रहेको बताएकी छन् ।

उनले थप लेखेकी छन्, ‘हामी हाम्रा परिवार तथा साथीभाइलाई उहाँहरुको माया र समझदारीका लागि धन्यवाद दिन चाहन्छौँ । मिडियासँग हामी हाम्रो गोपनीयताको सम्मान गरिदिनु हुन आग्रह गर्दछौँ । अब हामी कुनै पनि प्रतिक्रिया दिनेछैनौंँ’ ।

दीया मिर्जाको यो बयानले अहिले बलिउड जगत् तथा उनका समर्थकहरु आश्चर्यमा छन् ।

दीयाले सन् २०१४ अक्टुबर १८ मा उनका बिजनेस पार्टनर साहिल सांघासँग दिल्लीमा विवाह गरेकी थिइन् । साथै केही दिनअघि मात्रै जुलाई १६ मा पति साहिल सांघालाई जन्मदिनको शुभकामना दिँदै इन्स्टाग्राममा दुवैको सुन्दर तस्बिर सहितको मायाले भरिपूर्ण पोस्ट शेयर गरेकी थिइन् ।

दीया मिर्जा र साहिल सांघा ११ वर्षदेखि एकअर्काको साथमा थिए । लामो समयको प्रेम सम्बन्धपछि उनीहरुले सन् २०१४ मा विवाह गरेका थिए ।

दीया र साहिलको बर्न फ्री एन्टरटेन्मेन्ट नामको प्रोडक्शन कम्पनी छ । उक्त प्रडक्शन कम्पनीको पहिलो फिल्म ‘लब ब्रेकअप जिन्दगी’ हो ।

दीया मिर्जाले फिल्म ‘दिवानापन’, ‘तुमको ना भूल पाएंगे’, ‘दम’, ‘परिणीता’, ‘फिर हेरा फेरी’, ‘लगे रहो मुन्ना भाई’ र ‘सञ्जु’ जस्ता फिल्ममा काम गरेकी छिन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top