१ नं. प्रदेशको प्रदेशसभा बैठकले जिससका सेवाग्राहीलाई असर पर्दैन : पोखरेल

किशोर विश्वकर्मा
विराटनगर, माघ २१
सोमबार विराटनगरमा हुन गईरहेको प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक जिल्ला समन्वय समितिको कार्यालय मोरङको सभाहलमा बसेपनि जिससले गर्ने सेवा प्रवाहमा कुनै असर नपर्ने जनाइएको छ ।

जिल्ला समन्वय समिति मोरङले पत्रकार सम्मेलन आयोजना गरेर आफुहरुले जनतालाई प्रदान गर्ने सेवा सुविधामा कुनै असर नपर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जिल्ला समन्वय समिति जनता सँग प्रत्यक्ष जोडिएकाले प्रदेसभाको वैठक बसेपनि जनतालाई कुनै कठिनाई नहुने दावी गरे ।

Advertisement

उनले प्रदेशसभाको वैठकका लागि विषेश सुरक्षा व्यवस्था मिलाएकाले जिल्ला समन्वय समितिका सेवाग्राहीलाई सुरक्षा निकायले चेकजाँच लगायतका कार्यहरु गर्न सक्ने भएकाले त्यसका लागि छुट्टै व्यवस्था मिलाइएको जानकारी दिए ।

Advertisement

जिल्ला समन्वय समितिका प्रमुख पोखरेलले प्रदेशसभाको बैठकको तयारिका लागि जिल्ला समन्वय समितिले विभिन्न निकाय सँग साहजिकरण गरेको समेत बताए ।

उनले प्रदेशसभा बैठकका लागि आफुहरुलाई जिल्ला समन्वय मितिलाई सरकारले सभाहल उपलब्ध गराउन आग्रह गरेकाले कार्यालयका काम कारवाही र ऐतिहासिक दस्तावेजहरु संरक्षणमा कुनै असर नपर्ने गरि प्रदेशसभा बैठक सञ्चालनका लागि भुईँतल्ला र त्यहाँका फर्निचरहरु अस्थायी रुपमा निशुल्क उपयोग गर्न दिइएको समेत जानकारी दिए ।

पोखरेलले प्रदेशसभाको बैठकमा उपस्थित हुने सांसदहरुको स्वागतका लागि जिल्ला समन्वय समितिले विषेश व्यवस्था मिलाएकोसमेत जानकारी दिए । १ नं. प्रदेशको प्रदेशसभाको पहिलो बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा बस्दैछ । यसैबिच बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । प्रदेससभाको बैठकको तयारीका लागि पूर्व अभ्यास समेत गराईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top