×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्छ ः राष्ट्रपति

२१ माघ २०७४

– प्रकाश सिलवाल र नारायण अधिकारी

तनहुँ, देवघाट, २१ माघ  ः राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

Advertisement
Advertisement

गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञको आज देवघाटधाममा उद्घाटन गर्दै उनले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रुपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताए ।

राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको सम्बद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउन आवश्यक रहेको बताए । गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रुपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको बताउँदै उहाँले सुखी र उन्नत समाज सिर्जना गरी आफ्नो मौलिक पहिचान कायम राख्न कटिबद्ध रहनुपर्ने बताए । उनले  भने, “समाजलाई नैतिक र चरित्रवान् बनाउँदै हाम्रो मौलिक संस्कृतिप्रति समर्पित बनाउन आवश्यक रहेको छ ।”

गुरुकुल शिक्षाद्वारा सुसंस्कृत वाङ्मय र वैदिक ज्ञानको समृृद्ध परम्परालाई जोगाउँदै तपोभूमि देवघाटधाम आध्यात्मिक र संस्कृतिको केन्द्र बन्दै गएको बताउँदै उहाँले भन्नुभयो, “यसै शृखलाको एक आयामका रुपमा शिवालय मन्दिर र धर्मशाला निर्माण भएको महसुस गरेको छु ।”

कार्यक्रममा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठले देवघाट क्षेत्रलाई हिन्दू अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, हरिहर सन्न्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले नेपाललाई धर्मनिरपेक्ष बनाउनु त्रुटिपूर्ण भएको भन्दै सच्याउन आग्रह गरेको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नवनिर्मित नर्मदेश्वर शिव मन्दिर र धर्मशालाको उद्घाटन गर्नाका साथै यज्ञमण्डपमा दीप प्रज्ज्वल गरी महायज्ञको शुभारम्भ गर्नुभयो । राष्ट्रपति भण्डारीले भागवतमा पुष्पअर्पण पनि गर्नुभएको थियो । गलेश्वर आश्रमले आफ्नो परिसरमा झण्डै रु नौ करोडको लगानीमा सो मन्दिर निर्माण गरेको हो । देवघाटधाम क्षेत्रको सबैभन्दा ठूलो मन्दिरका रुपमा यस मन्दिरलाई लिन सकिन्छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले गलेश्वर आश्रमका पूर्वकोषाध्यक्ष भोजराज भण्डारी, हालका सचिव प्रेमकुमार उलक, कार्यालय सचिव महेन्द्र प्याकुरेल र कार्यालय सहयोगी अर्जुन पन्तलाई सम्मान गरेको थियो ।

Advertisement

महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी आश्रमले नै ५०० जना अट्न सक्ने धर्मशाला निर्माण गरेको हो । धर्मशाला रु दुई करोड ५० लाख लागतमा निर्माण गरिएको हो ।
(रासस)

Advertisement

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top