के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

२० साउन ७६, सोमबार

साउन २० , काठमडौं ।

Advertisement

भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् ।

भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको बताएका थिए ।

Advertisement

आफ्नै कार्यकक्षमा नेपाली सञ्चारकर्मीको एक टोलीसँग कुरा गर्दै उनले नेपाल फेरि हिन्दु राज्य भएमा बहुसंख्यक भारतीयको समर्थन हुने बताएका थिए । नेपाल हिन्दु राज्य र राजतन्त्रात्मक मुलुक हुनुपर्छ भनेर योगीले लामो समयदेखि धारण राख्दै आएका छन् । यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top