कश्मिरमा तनाव बढ्दो, स्थानीय नेता नजरबन्दमा , फोन र इन्टरनेट बन्द

साउन २०, एजेन्सी । भारत प्रशासित जम्मू कश्मीरमा सुरक्षाको कारण देखाउदै स्थानीय नेतालाई भारतीय सेनाले नजरबन्दमा राखेको छ ।

नेश्नल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबूबा मुफ्ती र जम्मू कश्मिर पीपल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ ।

Advertisement

त्यहाँ मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ । श्रीनगरमा मानिसहरूको आवतजावत रोक्न संविधानको धारा १४४ लागु गरिएको जनाएको छ ।

Advertisement

यो आदेशअनुसार मानिसहरूको आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्थाहरू बन्द भएका छन् । श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ ।

भारतले नश्लवादी आक्रमणको आशंकामा त्याहा दशौँ हजार सैनिक कश्मीर उपत्यकामा खटाइसकेको छ । नजरबन्दपछि पहिलो पटक ट्वीट गर्दै भूतपूर्व मूख्यमन्त्री अब्दुल्लाहले अहिलेको विकसित घटनाक्रम राम्रो नभएपनि कानुन उल्लङ्घन नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

यस्तै पीडीपी नेता महबूबा मुफ्तीले लोकतन्त्रका लागि लगेका नेताहरूलाई नजरबन्द राखिनु विडम्बनापूर्ण भएको बताउनु भएको छ । भारत सरकारले आर्टिकल ३५ ए र अनुच्छेद ३७० लाई समाप्त पार्न लागेको अनुमान हुँदै गर्दे जम्मू कश्मीरका मूलधार दलका नेताहरूले आइतवार साँझ बैठक गरी कश्मिरले प्राप्त गरेको विशेष स्थान मान्यतालाई जोगाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यसैबीच जम्मू–कश्मीर प्रशासनले जारी गरेको विज्ञप्तिलाई मध्यनजर गर्दै बेलायत, अष्ट्रेलिया र जर्मनीले आफ्ना नागरिकलाई कश्मीर यात्रा नगर्न सल्लाह दिएका छन् ।

गत फेब्रुअरीमा पाकिस्तानमा आधार बनाएको भनिएको एउटा सशस्त्र समूहले गराएको आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी भारतीय सैन्य जवानहरू मारिएपछि दुई देशबीच पछिल्लो तनाव सुरु भएको थियो ।

पाकिस्तान र भारत दुवै देशहरूले दाबी गर्दै आएको कश्मिरका सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले सहायता गरेको आरोप भारतले लामो सयमदेखि लगाउँदै आएको छ । भारत र पाकिस्तानले दाबी गर्ने गरेको कश्मिरका केही भूभागहरू मात्र उनीहरूको नियन्त्रणमा रहेको छ ।

सन् १९४७ मा भारत र पाकिस्तान टुक्रिएपछि दुई देशबीच चार पटकसम्म युद्ध भइसकेको छ । उनीहरू बीचको द्वन्द्वमा कश्मिरको विषय मुख्य हुने गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top