वेस्ट इन्डिजविरुद्वको दास्रो शृंखला पनि भारतले जित्यो

साउन २०, एजेन्सी । वेस्ट इन्डिजविरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखला फेरी भारतले जितेको छ ।

Advertisement

अमेरिकाको फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले सिरिज जितेको हो । तीन खेलको सिरिजअन्तर्गत लगातार दुई खेल जित्दै भारतले अन्तिम खेल अघि नै शृंखला कब्जा गरेको हो ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टिमले ५ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

Advertisement

प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको ६७ रनको मद्दतले भारतले सो स्कोर खडा गरेको थियो ।जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो ।

त्यसपछि बर्षाले खेल प्रभावित बनेको थियो । डकवर्थ लुईसको आधारमा भारतले खेल २२ रनले जितेको घोषणा गरिएको थियो ।

Advertisement

भारत र वेस्ट ईन्डिजबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेल भोलि हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top