×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

सहमतिसँगै संसदको अवरोध हट्यो

२० श्रावण २०७६

साउन २०, काठमाडौं । अध्ययन तथा सुझाव विशेष समिति गठन संगै लामो समय देखि अवरुद्ध हुदै आएको संघीय संसदको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।

सोमबार संघीय संसद भवन नयावानेश्वरमा बसेको सर्वदलिय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि असार २४ गते देखि अवरुद्ध संसद संचालनको बाटो खुलेको हो ।

Advertisement
Advertisement

छलफलमा संसदमा फेरी पनि यस्तै गतिरोध देखा नपरोस् भनी सुझाव दिनका लागि ७ सदस्यीय अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति भए अनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमाली २०७५ को नियम १ सय ७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहनुहुने सदस्यहरुको नामाबली पढेर सुनाएका थिए ।

नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्गको संयोजकत्वमा गठित समितिमा नेकपाका तर्फबाट देव गुरुङ्ग र विन्दा पाण्डे, नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम, मिनेन्द्र प्रसाद रिजाल, राजपाबाट लक्षमणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य छन् । समितिले सभामुखको निर्देशनमा रही काम गर्ने छ । समितिलाई १ महिनाको समय दिईएको छ ।

यसअघि बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दा उठाएका मानवअधिकार र लोकतन्त्र संग जोडिएका विषयवस्तु सम्बोधन गर्नका लागि संसदबाटै सम्बोधन गरेर जनताले सुन्न पाउने व्यवस्था मिलाउन सभामुखको प्रभावकारी नेतृत्व र भुमिकाको अपेक्षा आफुहरुले गरेको बताइन् ।

उनले कांग्रेस कुनै पनि हत्या हिंसाको पक्षमा नरहेको र शान्तिपुर्ण रुपमा समाधान खोज्नुपर्छ भन्नेमा दृढ रहेको र लोकतन्त्रका आधारभुत मुल्य मान्यता र मानवअधिकार, विधिको शासन, शुसासनको विषयमा वकालत गर्न आफ्ना दृष्टिकोण राख्दै आएको स्मरण गराउदै विधिको शासन र मानवअधिकारको रक्षाका लागि सरकारलाई जिम्मेवार बनाउने सवालमा सभामुखको प्रभावकारी भुमिका खेल्नेमा आफुहरु विश्वस्त रहेको बताइन् ।

यस्तै राजपाका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवादको सुरुवात भएको भन्दै सभामुखको पहल कदमीको प्रशंसा गरे । गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक र सर्लाहिका घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्दै आफुहरुले संसद अवरुद्ध गर्दै आएको उल्लेख गर्दे उहाँले सभामुखको पहलकदमीबाट सार्थक निष्कर्षमा पुग्ने काम भएकोमा सबै प्रति आभार व्यक्त गरे ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव प्रकाश गुरुङ्गले संसदको गतिरोध अन्त्य गर्दे सुझाव समिति गठन गर्ने विषयमा भएको सहमतिको स्वागत गरे । उनले छलफल मार्फत समस्याको समाधानमा पुग्ने सन्र्दभमा भएको सहमति सकारात्मक पक्ष भएको धारणा राखे । यस अघि साउन १६ गते विहिबारको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको थियो ।

संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आव्हान गर्नुभएको सर्वदलिय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि थप छलफल आवश्यक रहेको भन्दै बैठक ४ दिन पछाडि सारिएको थियो ।

आज सोमबार ११ बजेका लागि बोलाईएको बैठकपनि सर्वदलिय छलफल चलिरहेको भन्दै सुचना टाँसेर १ बजे सम्मका लागि स्थगित गरिएको थियो । यसबीचमा सभामुखले संसदीय दलका उपनेता तथा प्रमुख सचेतकहरुसंग छलफल गरेका थिए ।

Advertisement
Advertisement

नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका थिए ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top