दुर्घटना गराउने चालकलाई कारवाहीको माग गर्दै विराटनगरमा प्रर्दशन

२० साउन,विराटनगर ।
दुर्घटना गराउने चालकलाई कडा कारबाहीको मागगर्दै पीडित पक्षले विराटनगरमा प्रर्दशन गरेका छन् । आइतबार सांझ विराटनगर–१८ मा फुल ओसार्ने पिकअप भ्यान बाट भएको दूर्घटनाको क्रममा गम्भीर घाइते भएका विराटनगर–१८ लावाघाटका १३ बर्षिय बालक अभिषेककुमार साहका आफ्न्तले प्रर्दशन गरेका हुन् ।

दुर्घटनाको क्रममा भ्यान चालकले पटकपटक भ्यान ब्याक गरेर घाइते बालकलाई किच्याएको आरोप लगाउँदै पीडितका आफ्न्तले नियतबश मार्न खोज्ने चालकलाई कडा कारबाही गर्नुपर्ने माग राखेर प्रर्दशन गरेका हुन् । प्रर्दशनमा उत्रिएका घाइते बालकका आफ्न्तले आइसिपी जाने मुल बाटो अवरुद्ध गरेका थिए । उनीहरुले आईसिपी जाने बाटोबाट आधा किलोमिटर उत्तरतर्फ सोमबार बिहान ८ बजेदेखि सांझ ४ बजेसम्म सडकमा टायर बालेर धर्नादिंदै सडक अवरुद्ध गरेका थिए । दुर्घटनाका कारण सडक किनारमा ढलेको आफ्ना बालकलाई भ्यान चालकले पटकपटक ब्याक गरेर किच्याएको प्रत्यक्षदर्शीले दाबी गरेका छन् ।

Advertisement

सडक अवरुद्ध गरेपछि पुगेको प्रहरी टोली र पीडित पक्षबीच भएको वार्तापछि सांझ ४ बजेपछि सो सडकबाट आवागमन खुलाइएको थियो । घाइते बालकको उपचारमा तत्कालकालागि सबैपक्षले सम्पुर्ण ध्यान केन्द्रीत गर्ने सहमति भएपछि सडकको अवरोध हटेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । उनले बालकलाई ठक्करदिने को २ च १९९७ नम्बरको पिकअप भ्यान र विराटनगर १३ का ३४ बर्षिय चालक राजि अन्सारीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । घाईते बालकको अवस्था चिन्ताजन रहेको पीडित पक्षले जानकारी दिएको छ । उनलाई नोबेल अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । घाइते बालक स्थानीय जनता बाल आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top