उत्तर कोरियाद्वारा पुनः दुईवटा क्षेप्यास्त्र प्रक्षेपण

साउन २१, एजेन्सी । उत्तर कोरियाले पुनः दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

दक्षिणी हवाङ्गहाइ प्रान्तबाट समुद्रतर्फ लक्षित गरी आज दुई वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियालीले सेनाले जनाएको छ । उत्तर कोरियाले पछिल्ला दुई सातायता चार वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

आज प्रक्षेपण गरिएका मिसाइल कस्ता खालका हुन् भन्ने खुलेको छैन । अमेरिकाले भने क्षेप्यास्त्रका बारेमा निरीक्षण र अनुगमन भइरहेको जनाएको छ । अमेरिकाले दक्षिण कोरिया र जापानसँग पनि यसबारे परामर्श भइरहेको जनाएको छ ।

Advertisement

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु गरेको संयुक्त सैन्य अभ्यासका विषयलाई लिएर उत्तर कोरिया आक्रोसित हुँदै आएको छ । अमेरिका र दक्षिण कोरियाबीच वार्षिक रुपमा हुँदै आएको सैन्य अभ्यास यो वर्ष भएका थिएन ।

तर अहिले पुनः सैन्य अभ्यास सुरु भएपछि अमेरिकी राष्ट्रपति र दक्षिण कोरियाली राष्ट्रपतिसँग भएको सम्झौताको उल्लंघन गरेको उत्तर कोरियाले आरोप लगाएको छ ।

Advertisement

सोही सैन्य अभ्यासको जवाफ मिसाइल प्रक्षेपणबाट उत्तर कोरियाले दिएको अनुमान गरिएको छ । अघिल्लो हप्ताको शुक्रबार पनि उत्तर कोरियाले नयाँ प्रकारको छोटो दूरीमा मार हान्न सक्ने मिसाइल प्रक्षेपण गरेको थियो ।

त्यसपछि गएको बुधबार सी अफ जापानतर्फ दुईवटा मिसाइल प्रहार गरेको थियो । यस्तै गत जुलाई २५ मा पनि उत्तर कोरियाले थप दुई मिसाइल प्रक्षेपण गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top