एजेन्सी, माघ २१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पुस्तक ‘एक्जाम वारिर्यस’ सार्वजनिक भएको छ । परीक्षाको तयारीमा रहेकाहरुलाई मध्यनजर गर्दै उहाँले ‘एक्जाम वारिर्यस’ नामक पुस्तक लेखेका हुन् ।
प्रधानमन्त्री नरेंद्र मोदी प्रधानमन्त्री हुँदा पुस्तक लेख्ने मोदी पहिलो व्यक्ति रहेको बीबीसीले जनाएको छ । भारतमा बोर्ड परीक्षाको समय नजिकिँदै जाँदा प्रधानमन्त्री मोदीको परीक्षा भन्दा पहिला तनाव कम कसरी गर्ने भन्ने सुझाव सहित लेखिएको पुस्तक ‘एक्जाम वारिर्यस’ सार्वजनिक भएको हो । उहाँले लेखेको पुस्तक अभिभावक र विद्यार्थी सबैजनालाई उपयोगी हुने जनाइएको छ ।