लिबियाली हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु

२० साउन ७६, मंगलबार

२१  साउन , त्रिपोली।

युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए  । आक्रमणमा ४० जनाभन्दा बढीको घटनास्थलमै मृत्यु भएको पनि उनले जानकारी दिए ।

Advertisement

ओमारले मारिएका सबै व्यक्ति सर्वसाधारण रहेका र उनीहरुको कुनै पनि लडाकू समूहसँग आबद्धता नरहेको बताए । राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले आक्रमणको भत्र्सना गर्दै आक्रमणमा जिम्मेवारलाई सख्त कारबाही गर्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ ।

गत फेब्रुअरीदेखि मुर्जुकलाई नियन्त्रणमा लिइरहेका पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले मुर्जुकमा सक्रिय चाडका लडाकूहरुमाथि हवाई आक्रमण गरिरहेको तर मुर्जुकका स्थानीयबासीलाई लक्षित नगरिएको जनाएको छ ।

Advertisement

लिबियाको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा ल्याउन हफ्तार नेतृत्वको विद्रोही सेनाले भिषण युद्ध गरिरहेको छ । यस द्वन्द्वबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । आक्रमणमा झण्डै छ हजार घाइते भएका छन् भने एक लाख २० हजारभन्दा बढी विस्थापित भएका छन् । रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

सम्बन्धित समाचार

Scroll to Top