Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$ मङ्लबार माघ ६ , २०८२
Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи मङ्लबार माघ ६ , २०८२
Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet मङ्लबार माघ ६ , २०८२
Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста मङ्लबार माघ ६ , २०८२
Мелбет офіційний сайт букмекерської контори огляд БК Melbet, ставки на спорт, бонуси मङ्लबार माघ ६ , २०८२
Next
Prev

समाचार

राष्ट्रियसभा निर्वाचन तयारी पूरा, भोलि मतदान हुँदै

मङ्लबार माघ २३ , २०७४
Reading Time: 1 min read
A A
निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

– भीष्मराज ओझा

काठमाडौँ, २३ माघ  ः निर्वाचन आयोगले भोलि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि आयोगले सबै प्रदेशमा तयारी पूरा भएको र भोलि बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने जनाएको छ ।

LS Auto

नेपालको संविधानमा संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुने व्यवस्था बमोजिम प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।

संविधानको धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता÷अल्पसंख्यकसहित आठ गरीे निर्वाचित ५६ सदस्य रहन्छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी कूल दुई हजार ५६ जना मतदाता (निर्वाचक मण्डल) छन् ।

प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । आयोगले सो निर्वाचनका लागि छवटै प्रदेशमा उच्च अदालत रहेका स्थानमा स्थापना गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदानको तयारी भइरहेको जनाइएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।

निर्वाचनका लागि प्रत्येक मतदानस्थलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक मतदानस्थलमा प्रदेशसभा सदस्यका लागि छुट्टै र स्थानीय तहका पदाधिकारीका लागि छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।”

हरियो र रातो रङका चार÷चार प्रकारका मतपत्र रहने छन्। यस निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ ।

मतगणनाका लागि विज्ञ

निर्वाचन हुने प्रदेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको गणनाका लागि तथ्यांक विभागबाट तीनजनाका दरले विज्ञ खटाइएको छ । छ वटै प्रदेशमा तीनजना विज्ञ र दुईजना प्रशासनिक गरी पाँचजनाको गणना टोली पठाइसकेको आयोगका सूचना अधिकारी अर्यालले बताए ।

आयोगले सोमबार मतगणनामा खटिने राजनीतिक दलका प्रतिनिधिलाई समेत प्रशिक्षण दिइसकेको छ । आयोगले सकेसम्म भोलि माघ २४ गते नभए पर्सि २५ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको उनले जानकारी दिए । निर्वाचनको अनुगमनका लागि सबै प्रदेशमा सहसचिव खटाइएको छ ।

राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशअनुसार बहुपदीय पदमा एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा निर्वाचन हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ । राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ तर यो संविधान प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।

प्रदेश नं २ मा सबै निर्विरोध

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश नं १ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यस प्रदेशमा अब दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदका लागिमात्र निर्वाचन हुनेछ ।

प्रदेश नं ३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता÷अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रदेश नं ५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हुँदैछ । त्यस्तै प्रदेश नं ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता÷अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार अब निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
रासस

लोकप्रीय

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

विचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет официальный сайт скачать мобильную: сплошной веб-обозрение 2025 возраста

मङ्लबार माघ ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Melbet промокод 2025: BCVIP Мелбет бонус: 520$

मङ्लबार माघ ६ , २०८२

Мелбет ЦУПИС: веб-журнал, авиамагистраль, коэффициенты, платежи

मङ्लबार माघ ६ , २०८२

Мелбет казино вдобавок БК Вход нате должностной сайт Melbet

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.