कृषि अनुसन्धान नभएकोप्रति कृषि मन्त्री असन्तुष्ट

२६ साउन ७६, सोमबार

साउन २७, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि अनुसन्धान परिषदको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन्।

मन्त्री खनालले कृषि अनुसन्धान परिषदले किसानको पक्षमा कुनै पनि अनुसन्धानको काम गर्न नसकेको पाइएको उल्लेख गर्दै चर्को असन्तुष्टि व्यक्त गरेका हुन्। उनले किसानको पक्षमा कृषि अनुसन्धान परिषदले कामै नगरेपछि त्यसको विकल्पमा आफूले किसान आवास परियोजना कार्यक्रम पनि सुरु गर्न लागिएको घोषणा गरे ।

सो परियोजनाले किसानका लागि आवश्यक आवाससहित प्रशिक्षणलगायतका कार्यक्रम संचालन गर्ने उनको भनाई छ । सोमबारबाट काठमाडौंमा सुरु भएको ‘एसियन कृषि सम्मेलन तथा प्रर्दशनी–२०१९’ को उद्घाटन गर्दै मन्त्री खनालले ६६ प्रतिशत कृषकहरु रहेको मुलुकमा उनीहरुको आवश्यक्तालाई सम्बोधन हुने गरी अध्ययन र अनुसन्धानको कामलाई कृषि अनुसन्धान परिषदले अघि नबढाएपछि सरकारले सो परियोजनामार्फत् किसानहरुलाई आवश्यक प्रशिक्षण समेत दिने व्यवस्था गर्नु परेको पनि स्पष्ट पारे ।

Advertisement

मन्त्री खनालले सरकारले कृषि अनुसन्धान परिषदले गरेका अध्ययन अनुसन्धानबाट किसानहरुले पनि सिक्न सकून भनेर परिषदले अंग्रेजी भाषामा तयार पारेको प्रतिवेदन केही समयअघि नेपालीमा रुपान्तरण गरेर सबै स्थानीय तहमा हस्तान्तरण गरिएको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले युवाहरुलाई आकर्षित गर्नेगरी कृषि क्षेत्रको विकासमा लाग्न सरकारलाई सचेत गराइन् । उनले कृषि क्षेत्रको विकासमा युवाहरुलाई आकर्षित गर्नेगरी कानुन निर्माणको कामलाई अघि बढाइएको पनि बताइन ।

Advertisement

सभापति सुदेवीले संविधानले सबै नागरिकको गाँस, बास र स्वास्थ्य उपचारलाई मौलिक अधिकारको रुपमा व्याख्या गरेपनि त्यसको उचित व्यवस्था सरकारले गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गरिन्।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top