सहकारीबाट पैसा उठाएर खाने बिकृति हटाईन्छः मन्त्री अर्याल

२७ साउन ७६, मंगलबार

साउन २८, काठमाडौं । सरकारले सहकारीको नियमन गर्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने भएको छ ।

Advertisement

काठमाडौँमा मंगलबार स्वाबलम्बन विकास कोषको २८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारी भित्रको बेथिति रोक्न कर्जा सुरक्षा कोषलाई प्रभावकारी बनाउन लागिएको बताएकी हुन् ।

मन्त्री अर्यालले सहकारीको प्रभावकारी अनुगमन नहुदा एकै व्यक्ति धेरै संस्थामा बस्ने, पैसा अपचलन गर्ने अनि भाग्ने, फेरी नयाँ ठाँउमा जाने अनि पूरानै धन्दा गर्ने बिकृति बढ्दै गएकोले कर्जा सुरक्षा कोषलाई कडाईका साथ कार्यन्वयनमा लैजान लागिएको स्पष्ट पारिन् ।

Advertisement

अहिले बाणिज्य बैंक र बिकाश बैंकले कर्जा सुरक्षा कोष अन्तर्गत रहेर निक्षेप संकलनको सूचना र कर्जा प्रवाहको सूचना लिने दिने गर्दै आएका छन् । बिगतमा सहकारी संस्थामा कर्जा सुरक्षा कोष र सूचना आदान प्रदान गर्ने ब्यबस्था लागु गर्ने भनिए पनि हुन नसकेको भन्दै मन्त्रि अर्यालले अब कर्जा सुरक्षा कोको काम ब्यबहारमा प्रभावकरी रुपमा लागु गरिने बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सरकारको गरिब लक्षित कार्यक्रम पनि प्रभावकारी रुपमा अगाडि बढाइने पनि जानकारी दिइन् । मन्त्री अर्यालले बिगतमा गरिबको घरमा नपुगी कार्यालय र चौतारामा बसी गरिब घर तोक्ने कारणले सरकारको काम उपलब्धि बिहिन भएको औल्याइन् ।

Advertisement

मन्त्री अर्यालले अब बिगतको कमजोरी सच्याउदै गरिब घर पहिचान गर्ने र सहायता उपलब्ध गराउने काम प्रविधि सफ्टवेयर मार्फत हुने बताइन्।

प्रविधिलाई कसैले छल गर्न नसक्ने भन्दै मन्त्री अर्यालले पहिचान भएको लक्षित गरिब घरलाई मात्र सरकारले सहयोग उपलब्ध गराउने स्पष्ट पारिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top