एनसीसी कतारको अध्यक्षमा तेज कटुवाल र मो. मुक्तदा मैदानमा

साउन २८, काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आठौं महाधिवेशनवाट २०१९ — २०२१ कार्यकालको नेतृत्वका लागि तेज कटुवाल र मो. मुक्तदा चुनावी मैदानमा उत्रिएका छन् ।

Advertisement

सवैका साझा उम्मेद्धारका रुपमा अघि सरेका कटुवालले सम्पूर्ण अग्रज अभियन्ताहरुका साथै कतारमा कृयाशिल एकसय भन्दा वढि संघ संस्थाहरुको सहयोग रहने बताएका छन् ।

Advertisement

कटुवालको उम्मेद्धारीलाई कतारमा रहेको सामाजिक संस्था नेपाली जनसम्पर्क समितिले समेत समर्थन गरेको छ । त्यसैगरी आईसीसीमा प्रतिनिधित्व गर्ने अभियन्ताहरुको समेत उनलाई सहयोग गर्ने बताएका छन्।

सातै वटा प्रदेशका समन्वय परिषद, जिल्ला संस्थाहरु, जातिय पहिचान वोकेका मातृसंस्थाहरु साथै गैरआवासिय नेपाली अभियानमा लामो समयदेखि सक्रिय बन्दै आएका सम्पूर्ण अभियन्ताहरुको साथ पाएपछि एनसीसी कतारको अध्यक्ष आफूले पाउनेमा कटुवाल ढुक्क बनेका छन् ।

Advertisement

हाल कटुवालका प्रतिस्पर्धीका रुपमा देखिएका मो. मुक्तदा मुसलमान यस अघि २ पटक निर्वाचन हारिसकेका उम्मेद्धार हुन् ।

समाजले २ पटक पराजित गरिसकेका मुसलमान यस पटक पनि उम्मेदवार बनेका छन् । सामाजिक भूमिकामा खासै सक्रिय नरहेका मुक्तदा मुसलमान व्यवसायी हुन् ।

कटुवालको दाँजोमा मुसलमानको सामाजिक योगदान कमजोर बताउने गरिन्छ । तर मुसलमानले भने स्पष्ट आधार रहेका कारण विगतको निराशाजनक परिणामलाई चिर्दे यस पटकको भने आफूले निर्वाचन जित्ने दावी गरेका छन् ।

एनसिसि कतारको २०१९—२०२१ कार्यकालका लागि ४ हजार २ सय ९८ परिषद सदस्य रहेका छन् । ति सदस्यहरुले प्रत्यक्ष मतदान प्रणाली वमोजिम कार्यसमिति चयन गर्नेछन् । २३ अगष्टक २०१९का दिन नेपाली राजदुतावास कतारमा प्रत्यक्ष निर्वाचन हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top