साउन २९, विराटनगर । विराटनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार सोनुकुमार दासको मैथिली गीत सार्वजनिक भएको छ ।
‘सौगात कृएशन फिल्मस प्राइभेट लिमिटेड ’ नामक यू–ट्युब च्यानलबाट दासको उक्त भिडियो गीत सार्वजनिक गरिएको छ । आफू सानै हुदा गाएको गीतलाई अहिले आएर भिडियो मार्फत दर्शक माझ ल्याएको गायक दासले बताए ।
सागर बीर कडारीको लेखन तथा संगीत,सोनुकुमार दासको स्वरमा रहेको सो गीतमा विशाल देवल र पुनमको अभिनय रहेको छ ।
भिडियोको निर्देशन भने कामेश्वर परदेशीले गरेका छन । भावनात्मक गीत ‘कोना बतायब मोन क बात ’ बोलको गीत सप्तरी जिल्लाका अधिकांश प्राकृतिक एवम् धार्मीक स्थलहरुमा छायांकन गरिएको छ । दास अहिले नेपाल टाईम्स मिडिया प्रालिमा कार्यरत छन् ।