×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

नेताबाटै सशस्त्रको दुरुपयोग, कुन नेताको घरमा कति सशस्त्र परिचालन ?

३० श्रावण २०७६

साउन ३०, काठमाडौं । सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ । अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो ।

सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय १६ जनालाई उपराष्ट्रपतिदेखि राजनीतिक कार्यकर्तासम्मको ‘सुरक्षा’ का लागि परिचालन गरेको छ । नेता कार्यकर्ताका घरायसी कामका लागि फौज पठाएर सशस्त्रल नेतृत्वले संगठनको मर्म र उद्देश्य विपरीत काम गरेको देखिएको छ ।

Advertisement
Advertisement

कुनै पनि व्यक्तिलाई सुरक्षा ‘थ्रेट’ भएमा गृह मन्त्रालयले विश्लेषण गरेर सुरक्षाकर्मी उपलब्ध गराउने प्रावधान छ । त्यसबाहेक गृहले नीति बनाएर पनि विभिन्न ‘अति विशिष्ट’ र ‘विशिष्ट’ व्यक्तिलाई सुरक्षा दिने गर्छ । तर सशस्त्रले नेता, मन्त्री र कार्यकर्ताले माग गरेका आधारमा उनीहरूले भनेजति जनशक्ति उपलब्ध गराएको छ ।

यसबाहेक आफू पद (शक्ति) मा भएका बखत मागिएका सशस्त्र फौजलाई पदबाट हटेपछि फिर्ता नगरेर आफ्नो घरायसी काममा उपयोग गरिरहेका छन्। सशस्त्रले पूर्वमहानिरीक्षक, अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकलाई जथाभाबी फौज दिएर दुरुपयोग गरेका प्रकाशित भएको थियो ।

नेता, मन्त्री र राजनीतिक दलका कार्यकर्ताका लागि परिचालित फौजसहित गाडी, तेल, रासन, मर्मत खर्च सबै सरकारको थाप्लामा पर्छ। ‘वरिपरि, दायाँबायाँ सुरक्षा फौज लिएर हिँड्दा म केही हुँ भन्ने रबाफ देखाउन र घरायसी काममा ती प्रहरी अधिकृतदेखि जवानसम्मको दुरुपयोग भइरहेको छ,’ सशस्त्र स्रोतले भन्यो, ‘कतिपयले आपूm शक्तिमा हुँदा लिएर गए, तर गएको गयै भए ।’

हाल परिचालन गरिएका सशस्त्र प्रहरीको फौजमा पूर्वराजा, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र पूर्व प्रहरी (सशस्त्रका) प्रमुखहरूलाई नीति बनाएरै पठाइएको हो । त्यसबाहेक जति पनि महानिरीक्षक भए ती सबैले अधिकांश दलका नेतालाई रिझाउन र नेतासितको सम्बन्ध कायम (रिलेसन मेन्टेन) राख्न संगठनका जवान दिएका हुन् ।

‘यसरी व्यक्तिगत प्रयोजनका लागि भन्दै प्रहरीका जवान परिचालन गरेपछि सबै नेता खुसी हुने भए, परिआएका बेला तिनलाई सहयोग पनि गर्ने भए, व्यक्तिगत चाकडी गरी दीर्घकालसम्म टिकिराख्ने पनि भए’, स्रोतले भन्यो ।

साउन दोस्रो सातासम्मको विवरणअनुसार सबैभन्दा बढी सशस्त्र प्रहरी फौज नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका लागि परिचालित छ । दाहालको सुरक्षाका लागि प्रहरी निरीक्षक प्रेमसागर बिष्टको कमान्डमा ४२ जना फौज तैनाथ छ । दाहाललाई सशस्त्रको मानव स्रोत विभागबाट फौज उपलब्ध गराइएको हो ।

दाहालपछि धेरै संख्यामा सशस्त्रको फौज प्राप्त गर्ने नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । देउवा निवासका निम्ति प्रहरी निरीक्षक रामहरि श्रेष्ठको कमान्डमा २१ जनाको फौज परिचालित छ । देउवाले आपूm, पत्नी र छोराको सुरक्षाका लागि पनि यो फौज उपयोग गर्दै आएका छन् । स्रोतका अनुसार देउवा प्रधानमन्त्री पदमा रहेकै बेला निर्णय गराएर यो फौज लगेका हुन् ।

त्यसैगरी पूर्व प्रधानमन्त्रीको हैसियतमा नेकपाका नेता झलनाथ खनाल पनि सशस्त्रको ठूलो फौज राख्नेमध्ये अग्रपंक्तिमा पर्छन् । उनको सुरक्षाका लागि सशस्त्रले प्रहरी सहायक निरीक्षक खेमबहादुर बस्नेतको कमान्डमा १७ जनाको फौज तैनाथ गरेको छ । सशस्त्रले यो फौज नं. २२ गण हेक्वा (वि.का) काठमाडौंबाट पठाएको हो ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले गृहमन्त्री रामबहादुर थापासरह सुरक्षा फौज पाएका छन् । सशस्त्र मुख्यालय नं. १९ गणबाट नेपाल निवासका लागि १४ जना फौजले ‘सुरक्षा’ दिइरहेको छ । उनको सुरक्षामा प्रहरी नायब निरीक्षक दीपेन्द्रबहादुर सिंहको कमान्डमा डफ्फा खटिएको छ । यस्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सशस्त्रको यस्तो सेवा लिन चुकेका छैनन् । उनले आठ जनाको सशस्त्र टोली लिएका छन् । प्रहरी सहायक निरीक्षक टंकबहादुर थापाको कमान्डमा नं. १८ गण मुख्यालयबाट फौज पठाइएको छ ।

अर्का पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पनि वर्षैांदेखि यस्तो सुविधा उपभोग गर्दै आइरहेका छन् । प्रहरी नायब निरीक्षक लीलाबहादुर रानाको कमान्डमा नं. २२ गण हेक्वा गुह्येश्वरीबाट चन्दको सुरक्षार्थ आठजनाको डफ्फा चौबीसै घण्टा उपलब्ध छ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पनि सशस्त्रको सुरक्षा उपयोग गर्दै आएका छन् । प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाको कमान्डमा खटिएको ९ जनाको टोलीले रेग्मीको पहरा दिइरहेको छ ।

सशस्त्रको सेवा प्राप्त गर्नेमा पूर्व प्रधानमन्त्री मात्र छैनन् । अधिकांश पूर्वउपप्रधान तथा गृहमन्त्री पनि छन् । पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहले बाबुराम भट्टराईभन्दा बढी फौज लिएका छन् । सिंहले नं. १९ गण हेक्वा (विशेष कार्यदल) काठमाडौंबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र अधिकारीको कमान्डमा खटिएको टोली सम्हालिरहेका छन् ।

सिंहपछि कांग्रेसकै विजयकुमार गच्छदारले पनि पूर्वप्रधानमन्त्रीसरह सुरक्षा फौज लिएका छन् । उनीकहाँ प्रहरी नायब निरीक्षक दीपेन्द्र खड्काको कमान्डमा १२ जनाको फौज परिचालित छ । उनलाई नं. २१ हे.क्वा. दक्षिणकालीबाट दिइएको हो ।

गच्छदारपछि धेरै फौज प्राप्त गर्ने पूर्व उपप्रधानमन्त्रीमा कमल थापा छन् । उनलाई ११ जनाको टोली पठाइएको छ । नं. २४ गुल्म प्र.का.सु. काठमाडौंबाट खटिएका प्रहरी नायब निरीक्षक लेखबहादुर बिष्टको कमान्डले सुरक्षा दिइरहेको छ । तत्कालीन एमालेका प्रभावशाली नेताद्वय भीम रावल र वामदेव गौतमले पनि सशस्त्रको सुरक्षा सेवा भरपूर उपयोग गर्दै आएका छन् ।

पूर्वउपप्रधान तथा गृह मन्त्री गौतमले १२ जनाको फौज लिएका छन् । उनको सुरक्षार्थ प्रहारी नायब निरीक्षक भुवन घिमिरेलाई कमान्डर तोकिएको छ । गौतमले नं. २१ गण दक्षिणकालीबाट खटिएको डफ्फा लिएका हुन् ।

त्यसैगरी पूर्वउपप्रधानमन्त्री रावलले पनि १२ जना सुरक्षाकर्मी लिएका छन् । रावलको सुरक्षामा प्रहरी नायब निरीक्षक देवेन्द्र नाथको कमान्डमा नं. २२ गण गुह्येश्वरीबाट टोली खटिएको छ । सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्वउपप्रधान एवं गृह र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि खाइपाई आएको सुविधालाई निरन्तरता दिइरहेका छन् ।

सशस्त्र नेतृत्वले उनको सुरक्षार्थ पूर्व प्रधानमन्त्री सरह ११ जनाको टुकुडी खटाएको छ । प्रहरी हबल्दार पुरुषोत्तम पुरीको कमान्डमा नं. २१ गणबाट खटिएको टोलीले श्रेष्ठको दिँदै आएको छ ।
श्रेष्ठकै संख्यामा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला र जनार्दन शर्माले सुरक्षा फौज लिएका छन् । सिटौलालाई प्रहरी नायब निरीक्षक शंकर बोगटी (नं. १९ गण) र शर्मालाई प्रहरी नायब निरीक्षक श्यामकुमार थापा (नं. २१ गण दक्षिणकाली) को कमान्ड प्राप्त प्राप्त छ ।

सशस्त्रको अनवरत सेवा पाइरहने पूर्व गृहमन्त्रीमा पूर्णबहादुर खड्का पनि हुन् । उनले ११ जनाको टोली पाएका छन् भने उनलाई प्रहरी नायब निरीक्षक यादव खत्रीको कमान्डमा नं. २० गण विपद् उद्धारबाट खटिएको टोलीले अविच्छिन्न सेवा दिइरहेको छ ।

पूर्व उपप्रधानीको हैसियतमा कांग्रेस नेता रामचन्द्र पौडेलले पनि अन्य नेताले जस्तै खाइपाईको सुविधा उपयोग गरिरहेका छन् । पौडेलले १० जनाको डफ्फा पाएका छन् । उनलाई पनि सशस्त्रका विभिन्न महानिरीक्षकले यो सुविधा उपलब्ध गराएका हुन् । प्रहरी नायब निरीक्षक निरबहादुर रायमाझीको कमान्डमा रहेको टुकुडीले पौडेलको सुरक्षा गर्दै आएको छ ।

यसैगरी ६ जना सुरक्षाकर्मीको टुकुडी लैजाने नेतामन्त्रीहरूमा पूर्व अर्थमन्त्री डा. रामशरण महत, पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, पूर्वसभामुख ओनसरी घर्ती छन् । त्यस्तै तीनजना सुरक्षाकर्मी उपयोग गर्नेमा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्मा छन् । एमाले कार्यकर्ता बलराम बास्कोटाले समेत सवारी शाखाबाट चालकसहितको सुरक्षाकर्मी प्राप्त गरेका छन् ।

Advertisement
Advertisement

पूर्व गृहसचिव अधिकांशले यस्तो सुविधा पाएका छन् । तर सशस्त्र प्रहरी प्रमुखले हालका गृहसचिव प्रेमकुमार राईलाई ‘स्कर्टिङ’ को बन्दोबस्त गर्न खोजेका थिए । तर राईले अस्वीकार गरेको स्रोतले बतायो । राई बाहेक अधिकांश गृह सचिवले सशस्त्रको दस्ता उपयोग गरेका छन् । यस सम्बन्धमा सशस्त्रका प्रवक्ता तथा डीआईजी सुरजकुमार श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् । अन्नपूर्ण पोष्टबाट

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top