×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

अफगानिस्तानको विवाह समारोहमा आत्मघाती विस्फोट

१ भाद्र २०७६

१ भदौ, एजेन्सी।

अफगानिस्तानको एक विवाह हलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा धेरै प्रभावित भएको बताइए पनि यकिन विवरण आइसकेको छैन ।

Advertisement

काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला शनिवार राति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ । प्रत्यक्षदर्शीहरुले विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको बीबीसीलाई बताएका छन् । उनीहरुले घटनास्थलमा शव देखेको पनि बताएका छन् ।

विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् ।

अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ ।

प्रत्यक्षदर्शीले फरगले बताएअनुसार विस्फोटलगत्तै सबै मानिस आत्तिँदै बाहिर निस्केका थिए । विस्फोटको २० मिनेटसम्म विवाह हल धुवाँको मुस्लोले भरिएको थियो । उनले पुरुष बस्ने स्थानका मानिस जीवित या घाइते के छन् भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नश्रत रहिमीले शनिबारको विस्फोटबाट मानिसहरु हताहती भए पनि विवरण संकलनको काम भइरहेको बताए ।

‘विस्फोटबाट ठूलो हताहती भएको छ । हामी विवरण संकलनकै अवस्थामा रहेकाले क्षतिबारे यकिन गरेर भनिहाल्ने अवस्थामा छैनौं’, उनले भनेका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

बम विस्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो । अफगानिस्तानसँगै पाकिस्तानमा रहेका अल्पसंख्यक सिया हजारा समूदाय सुन्नी मुस्लिम आर्मी, तालिवान र इस्लामिक स्टेट समूहको निशानामा पर्दै आइरहेका छन् ।

यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक बम विस्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घाइते भएका छन् ।

शुक्रबार मात्रै पाकिस्तानी शहर क्वेटा नजिकैको मस्जिदमा विस्फोट हुँदा तालिवानी नेता हिवतुल्लाह अखुण्डजादाका दाजुको ज्यान गएको थियो । यो आक्रमण कसले गराएको थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

तालिवान र अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै हजारौं सेना तैनाथ गराए पनि त्यहाँ थप हिंसाका घटनामा कमी आउनुको साटो बढ्दै गइरहेका छन् ।

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top