भारतीय कारमा २१ किलो गाँजासहित ४ पक्राउ

भारतीय कारमा २१ किलो गाँजासहित ४ पक्राउ

३ भदौ, हेटौंडा ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको चेकिङ टोलीले मंगलबार विहान करिब ६ बजे गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।

हेटौंडाबाट बीरगञ्जतर्फ जाँदै गरेको एचआर ५१ एल ५२४१ नम्बर भारतीय कारलाई शंका लागि चेक गर्दा कारको पछाडि सिटमुनि फल्स बटम बनाएर प्लाष्टिकको पोकामा लुकाएर ल्याउँदै गरेको गाँजा २१ किलो ५ सय ग्राम र कारसहित नियन्त्रणमा लिइएको हो ।

कारचालक भारत मोतीहारी नयाँटोल बस्ने वर्ष २५ का मुकेश सहनी, कारका यात्री सोही ठाउँ बस्ने वर्ष २५ का राजकुमार, भारत मोतीहारी चिन्तामनपुर हरिसिद्धी बस्ने वर्ष ३५ का ओमप्रकाश चौधरी र पर्साको विन्दबासिनी–५ बस्ने वर्ष ५० का जीतेन्द्रप्रसाद यादबलाई प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउए ।

सोमबार राति करिब साढे १० बजे मकवानपुरको राक्सिराङ–३, सरिखेतस्थित पलाँसे बसपार्कनजिक रहेको पलाँसे खोलाछेऊमा गाँजासहित मानिस आउँदै गरेको सूचनाका आधारमा प्रहरी निरीक्षक पवनकुमार झाको कमाण्डमा खटिएको टोलीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सप्तरीको डाक्नेश्वरी–९ बस्ने घुरन साहले ८१ किलो ७ सय ६० ग्राम गाँजा प्लास्टिकको बोरामा प्याक गरी सवारी कुरिरहेको अवस्थामा फेला पारिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.