संविधान दिवस घरघरमा दिपावली गरी मनाउनु पर्दछ ः प्रधानमन्त्री ओली

३ भदौ ७६, बुधबार

४ भदौ, काठमाडौं ।
संविधान समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । संविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताएका छन् । जीउ ज्यानको मात्र बलिदानी हैन अन्य थुप्रै प्रकारका बलिदानीको योग संविधान भएको बताउदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रो हो ।’

ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको बताएका छन् । संविधान सहमतिको दस्तावेज भएको र यसले हरेक व्यक्तिका आकांक्षालाई जस्ताको तस्तै पुुरा गर्दैन तर बृह्त्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका ओलीले भने, ‘संविधानले नेपालको गौरवपूर्ण परम्परा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई समेटेको छ ।’

Advertisement

प्रधानमन्त्री ओलीले संविधान दिवस नेपाली जनताको उत्सवको दिवस भएकोले यसलाई राष्ट्रिय दिवसको रुपमा समेत मनाइएको बताएका छन् । संविधान दिवसलाई भव्यता र व्यापकताका साथ मनाउनु पर्दछ भन्दै ओलीले भने ‘यो नेपालका सबै दिवस भन्दा ठुलो दिवस हो ।

यसले वर्ग वा समुदायलाई मात्र हैन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकोले यसलाई व्यापक रुपमा मनाउनु पर्दछ । घरघरमा दिपावली मनाउनु पर्दछ ।’

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top