भारतका पूर्व वित्तमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।
उनको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको हो । मध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले जनाएको छ ।