सार्वजनिक सम्पत्ति सुरक्षा चुनौतीपूर्णःईश्वर पोखरेल

७ भदौ ७६, शनिबार

७ भदौ, काठमाडौं ।

Advertisement

कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतिको विषय बनेको बताएका हुन् ।

Advertisement

उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि देखिएको संकेत गरे । उनले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गरेनन् ।

कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुननिर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गरे ।

Advertisement

धरहरा पुननिर्माणको काम संघीय सरकारद्धारा पुननिर्माण प्राधिकरणले अघि बढाईसकेको तथा रानी पोखरी र काष्ठमण्डप पुननिर्माणको काम पनि धमाधम भईरहेको भन्दै पुननिर्माणको काममा अवरोध पुर्याउने काम कहि कतैबाट गर्न नहुने तर्फ सचेत गराए ।

विगतमा विभिन्न वहानामा हुने गरेका विरोधले पुननिर्माणका काममा समस्या भएको गुनासो पनि उनले गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top