विराटनगरमा आज साढे ३ बजेदेखि रथयात्रा निकालिंदै

७ भदौ, विराटनगर ।

विराटनगरमा आज शनिबार ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा निकालिंदै छ । विक्रम सम्बत २०२५ सालबाट सुरु भएको रथयात्राको यो ५२ औं संस्करण हो ।

दिउँसो साढे ३ बजे निकालिने रथको साजसज्जा र ब्यवस्थापन लगायतको काम सम्पन्न भएको रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

Advertisement

प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाङ र मुख्यमन्त्री शेरधन राईले रथयात्राको उद्घाटन गर्ने कार्यक्रम छ । ५ लाख बढी श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको रथयात्रालाई ब्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय मोरङले १५ सय बढी प्रहरी परिचालन गरेको छ ।

यसैगरी भीडभाडका कारण हुनसक्ने अवांछित गतिविधि नियन्त्रण गर्न ड्रोन क्यामराबाट सुरक्षा निगरानी गर्ने ब्यवस्था मिलाइएको छ । विराटनगरको वडा नम्बर १,२ र ३ को संगमस्थलमा रहेको राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्राले मेनरोड सहित कोशी राजमार्गको ७ किलोमिटर सडक खण्डको परिक्रमा गर्नेछ ।

Advertisement

धार्मिक सहिष्णुताको पर्वकोरुपमा स्थापित भएको रथयात्रामा विभिन्न जातिय समुदाय र भजनमण्डली समेतका गरेर ५ दर्जन बढी झांकीको सहभागिता रहने रथयात्रा आयोजक समितिले जनाएको छ । विक्रम सम्बत १९८८ सालमा खट्यात्राकोरुपमा सुरु गरिएको यात्राले २०२५ सालबाट रथयात्राको रुप लिएको हो ।

रथयात्रामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने श्रद्धालुहरुको सहभागिता रहने गरेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top