डर्टमन्डको दोस्रो जित, सान्चोको उत्कृष्ट प्रदर्शन

७ भदौ ७६, शनिबार

७ भदौ, एजेन्सी ।
बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । जितसहित सिजनको सुरुवात गरेको बोरुसियाले दोस्रो खेलमा पनि महत्वपूर्ण जित दर्ता गरेको हो ।

Advertisement

पहिलो खेलमा जस्तै शुक्रबार राति भएको लिगको आफ्नो दोस्रो खेलमा पनि बोरुसियाको जितमा जेडन सान्चोको भूमिका महत्वपूर्ण रह्यो । पहिलो हाफमा १–० ले पछि परेको बोरुसियाले एफसी कोल्नलाई ३–१ ले पराजित गरेको हो ।

सान्चोले एक गोल गरे भने अर्को एक गोलका लागि सहयोग गरे । २९ औँ मिनेटमा ड्रेक्सलरको गोलबाट एफसी कोल्नले सुरुवाति अग्रता लिएको थियो । ७० औँ मिनेटमा सान्चोले गोल गर्दै खेलमा बराबरी गरे ।

Advertisement

अक्राफ हकिमीले ८६ औँ मिनेटमा गोल गरेपछि बोरुसियाले अग्रता लियो । इन्जुरी समयको चौथो मिनेटमा सान्चोको पासमा पाको अलकेसरले गोल गरेपछि बोरुसिया ३–१ ले विजयी भयो ।

Advertisement

अवे मैदानमा भएको खेलमा जित निकालेको उसको दुई खेलबाट ६ अंक भएको छ । १९ वर्षका सान्चोले पहिलो खेलमा पनि गोल गरेका थिए । उनले सन् २०१७ मा बोरुसिया गएयता बुण्डेस लिगामा १५ गोल गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top