धेरै गाडी आयात फाइदाजनक हुदैनःअर्थमन्त्री

१० भदौ ७६, मंगलबार
Share this
694shares

१० भदौ, काठमाडौं ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गएको १० वर्षमा अटो व्यापार बढेकाले तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने बताएकाछन् ।

Advertisement

उनले देशको आर्थिक विकासको लागि सवारी साधन आवश्यक भए पनि मात्रा भने धेरै बढाउन नहुने गरे । मंगलबार नाडा अटो शोको उदघाटन समारोहमा खतिवडाले अरु क्षेत्र कमजोर हुने गरी गाडी आयात मात्रै गर्न नहुने बताए ।

उनले तत्कालै पेट्रोल डिजेलबाट चल्ने गाडी विस्थापन गर्न नसकिने भए पनि विद्युतीय गाडीको उपयोग बढाउन आग्रह गरे । सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने भन्दै पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको मन्त्री खतिवडाले आरोप लगाए।

Advertisement

अब गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न अर्थमन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गरे । जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको भन्दै उनले सरकारले यस्ता उद्योगलाई कर छुट दिने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top